• होमपेज
  • समाचार
  • अमेरिकाको एक नाइट क्लबमा गोली चल्दा तीन जनाको मृत्यु

अमेरिकाको एक नाइट क्लबमा गोली चल्दा तीन जनाको मृत्यु

  • बुधबार, असार २२, २०७९
अमेरिकाको एक नाइट क्लबमा गोली चल्दा तीन जनाको मृत्यु

एजेन्सी — अमेरिकाको इन्डियाना राज्यस्थित ग्यारीमा एउटा नाइट क्लबमा गोली चलेको छ। घटनामा १० जनालाई गोली लागेको थियो जसमध्ये तीन जनाको मृत्यु भएको छ।

मारिनेमा एक पुरुष र दुई महिला रहेका छन्। घाइते ७ जनालाई उपचारका लागि नजिकैको अस्पतालमा पठाइएको छ। यो वर्ष अमेरिकामा भएको सामुहिक गोलीबारीको २६३ औँ घटना हो। सोमबार मात्र अमेरिकाको स्वतन्त्रता दिवसको अवसरमा शिकागोमा आयोजित परेडमा गोली चलेको थियो। घटना शिकागोको उपनगर हाइल्याण्ड पार्कमा भएको हो। घटनामा छ जनाको मृत्यु भएको र १६ जना घाइते भएका थिए।

चर्चामा

सम्बन्धित समाचार