• होमपेज
  • समाचार
  • लालध्वज हत्या प्रकरण: चार जनालाई जन्मकैद

लालध्वज हत्या प्रकरण: चार जनालाई जन्मकैद

  • बुधबार, असार २२, २०७९
लालध्वज हत्या प्रकरण: चार जनालाई जन्मकैद

बाराको अमलेखगंजमा भएको हत्या प्रकरणमा चार जनालाई अदालतले जन्मकैद फैसला सुनाएको छ । निजगढ नगरपालिकाका लालध्वज लामा ‘सानू’ को हत्या आरोपमा बारा जिल्ला अदालतले केशवराज शिवाकोटी,बन्दना लामा, ‘संजय’ भनिने चक्रबहादुर तामाङ र जोखबहादुर स्याङतानलाई जन्मकैदको सजाय सुनाएको हो ।

न्यायाधीश सुमनकुमार न्यौपानेको इजलासले मंगलबारको इजलाशले यस्तो फैसला सुनाएको हो । २१ असार ०७७ मा अमलेखगंजस्थित ससुराली घरबाट बेपत्ता भएका लालध्वजको सोही असार २८ मा थानीमाई सामुदायिक वनको सिसौघारी जंगलमा मृत फेला परेका थिए ।

चर्चामा

सम्बन्धित समाचार