• होमपेज
  • समाचार
  • बालकले लगाउने कपडाको टाँक नै सुनको भेटिएपछि…

बालकले लगाउने कपडाको टाँक नै सुनको भेटिएपछि…

  • मङ्लबार, असार २१, २०७९
बालकले लगाउने कपडाको टाँक नै सुनको भेटिएपछि…

धनगढी– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध सुनसहित एक जना पक्राउ परेका छन्। सोमबार बिहान दुबईबाट काठमाडौं आएका सुमन दमाई अवैध सुनसहित पक्राउ परेका हुन्।

उनले बोकेको लगेजभित्र राखिएको नाबालकले लगाउने सिङ्गल पिस पोसाक ५ थानको टाँकभित्र लुकाइछिपाई राखिएको ६० वटा सुनका रिङ् फेला परेको हो। नियन्त्रणमा लिइएको सुनको तौल करिब १२५ ग्राम रहेको विमानस्थल भन्सार कार्यालयले जनाएको छ। उनी भिजिट भिसामा त्यहाँ गएका थिए। तर काम नपाएपछि उनी घर फर्किएका हुन्।

नेपाल फर्कने क्रममा दुबई एयरपोर्टमा अपरिचित व्यक्तिले आफन्तको बच्चाको लागि उपहारको रूपमा उक्त पोसाकहरू नेपालसम्म पुर्‍याइदिन अनुरोध गरेकाले ल्याएको उनले बताएका छन्।

चर्चामा

सम्बन्धित समाचार