सुरेशकुमार पान्डे — आज महंगी भ्रष्टचार र किसानहरूलाई रसाइन मल उपलब्द नगराएको बिरूद्धमा देशभरीनै राजमोले बिरोध प्रदर्शन गरेकोछ।त्यो मात्रै होइन एम सीसी र एस पीपीको पनि भण्डाफोर्ड र बिरोध गर्दै आएकोछ।
अहिलेको जल्दाबल्दा बिषयमा राजमो सचेतछ र जनतालाई सरकारको निकम्मापनको बारेमा सजग गराउँदैछ।
अहिले किसानहरूलाई सरकारले सहिसमयमा रसाइनिक मल उपलब्द नगर्दा किसानहरू आक्रोशित भएकाछन।किसानहरूले बल्याकमा मल किन्न बाध्य भएकोमा रोसप्रकट गरेकाथिए।आखिर सरकारले किन समयमा किसानहरूलाई मल,बिउ र किटनासक उपलब्द गराउँदैन?अहिले पांच दलिए गठबन्धनको सरकार देशमाछ त्यही सरकारलाई बाहिर बाट समर्थन दिएको राजमोले लगातार संघर्ष गर्दै आएकोछ।
देशको उत्पादन हुने जमिनलाई प्लाटिङ्म गर्दै भुमाफिलाले मिचिसकेकाछन जो जती जमिन बचेकोछ त्यसमा पनि सरकारको किसान बिरोधी ब्यबहार्ले गर्दा उत्पादन नहुंने निश्चित भयकोछ।किनभने समयमा मल र बिउ नै किसानले पाएनन् सिंचाइको ब्यबस्था हुन सकिन भने त्यहाँ उत्पादन कसोगरी सम्भवछ?त्यो हामी आफैलेपनि अनुमान लगाउन सक्छौं।
अहिले चामल गहुं दाल जस्ता खाध्यानका बस्तुहरू भारतबाट भित्रिन्छ र रसाईनिक मल लगायतका कृषिको लागी आबस्याक सरसमानपनि भारत बाट भित्रिन्छ।यदी भारतले सहि समयमा रसाइनिक मल लगायत किर्षिको सामाग्रि नेपाललाई पठायो भने भारतको खाद्यान बस्तु कस्ले किन्छ?भारतले अनाज नेपाललाई रोक्नेहो भने नेपालमा सम्भाबित अनिकाल पर्छ भन्नेकुरा त बिबिसी समेतले पुस्टी गरेकोछ।
एकातिर उत्पादन नहुने आर्को तिर बिदेशबाट खाद्यान आपुर्ती नहुनेभने देशमा अनिकाल पर्ने प्रष्टछ।
अहिले महंगिले सर्वसाधारणमा यती सम्म ढाड सकेकोछ उनिहरूलाई खान र लगाउनको लागी घरछाडेर बिदेशमा मजदुरी खोज्न बाध्य गराएकोछ।किसानले हजार रुपियां पर्ने समानलाई चार पांच हजारमा खरिद गर्नुपर्छ भने त्यसको परिणाम कस्तो आउला?जति उनिहरूले लगानी गर्छन त्यती खेतमा उत्पादन हुन सकेन भने आम किसान रिणमा पर्दछन र उनिहरूले बिस्तारै खेती गर्न असमर्थ हुनेछन।नेपालको अबस्था ठिक यस्तै भयो जमिन महंगियो र कृसिसामान महंगियो उत्पादन को आयश्रोतले किसानलाई घाटा लाग्दा उनिहरूले त्यो जमिन सम्म बिक्री गर्नेछन।
प्रथम त यो देशले सदियौं देखून मजदुरहरूलाई जन्माउने र मजदुरलाई निर्यात गर्दै आयो। देश अहिलेपनि परनिर्भरनै छ त्यो मात्रैहोइन जुन देशलाई हामिले कहिले गुलाम हुन दिएनौ त्यो देशका साशकहरूको मानसिकता नै गुलाम बनेकोछ।देश अंझै पनि अर्ध उपनेवेसिक अबस्थामाछ।
देशमा बहुदलिए ब्यबस्था आएपछि त देश झनै तरल अबस्थामा आएको सबैलाई थाहाछ।वास्तबमा देशमा आयश्रोत नहुनु र देशले बित्तिय घाटालाई झेल्नुपर्दा देश हरिकङ्गाल भएकोछ।
हामी सबैलाई थाहाछ देशमा अनाबस्याक भित्रिएको संघियतानै देशको लागी आर्थिक बोझको आधार बनेकोछ तरपनि हामिले त्यो संघियतालाई खारेज गर्नुको सट्टा रिणकाडेर राज्य ब्यबस्थालाई धान्नेप्रयात्न गर्दै आएकाछौं।जब सम्म देशले संघियता खारेज गर्दैन त्यो वेला सम्म देशले कांचुली फेर्न सक्नेछैन।
देश अहिले श्रिलंका को बाटोमा तृवगतीले गुडेको देखिन्छ यही चाला रहिरहने होभने हाम्रो देशभित्र श्रिलंका देख्नेछौं त्यो मात्र होइन देश सिक्किमिकरण बन्ने कागारमा पुगेकोछ।
देशको रिढ मान्निने युवा शक्ति देशबिहिनछन शिक्षा प्रणाली कम्जोर बन्दै गएकोछ।देशमा सांस्कृती भाषामाथी अतिकर्मण र आकारमण हुंदै आएकोछ यि याबत बिषयले गर्दा देश कम्जोर र घायल अबस्थामा अबस्थितछ।त्यस्तै यावत बिषयलाई लिएर राजमोले लगातार संघर्ष गर्दै आएकोछ र देशभित्रका तमाम राजनीतिक शक्ति देशभक्त र बुद्धीजिवीहरू किसान ज्यामीहरू सबैले राष्ट्रियताको बिषयलाई लिएर निरन्तर शंघर्ष गर्नुपर्दछ।
के सरकारले भ्रष्टचार कालो बजारी र बेरोजगारी पैदा गरिरहने अनि हामी जनताले सधैभरी बिरोध प्रदर्शन मात्रै गरिरहनेहो यो अब जनताले नै फैसला गर्नुपर्छ।