• होमपेज
  • मनोरञ्जन
  • लाइभ दोहोरीमा छाडा शब्द गाउने १३ कलाकारले मागे माफी, प्रतिष्ठानले गरायो सचेत

लाइभ दोहोरीमा छाडा शब्द गाउने १३ कलाकारले मागे माफी, प्रतिष्ठानले गरायो सचेत

  • सोमवार, असार २०, २०७९
लाइभ दोहोरीमा छाडा शब्द गाउने १३ कलाकारले मागे माफी, प्रतिष्ठानले गरायो सचेत

काठमाडौं — अश्लील गीत गाएर सामाजिक सद्भाव बिगारेको आरोप लागेका १३ जना लाइभ दोहोरी कलाकारले राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानलाई स्पष्टीकरण दिएका छन् ।

प्रत्यक्ष दोहोरीको नाममा छाडा गीत गाएको व्यापक जनगुनासो आएपछि प्रतिष्ठानले पत्र काट्दै २० जना कलाकारलाई आइतबार कार्यालयमा बोलाएको थियो । तीमध्ये १३ जना मात्र उपस्थित भएर स्पष्टीकरण दिएका छन् ।

उपस्थित सबै जनाले आइन्दा लाइभ दोहोरीमा छाडा शब्द नगाउने भन्दै प्रतिबद्धता जनाएको प्रतिष्ठानअन्तर्गतको विकृति विसंगति रोकथाम कार्यदल संयोजक शिव हमालले  बताए ।

‘उहाँहरुलाई सचेत गराइएको छ । स्पष्टीकरण सोधिएको छ र आइन्दा गल्ती नदोहो¥याउने प्रतिबद्धता जनाउनुभएको छ,’ हमालले भने, ‘दोहोरीको द पनि नजान्नेलाई गाउन लगाएर भएन । अर्काले लेखेर गीत गाएको देखिएको छ । हामीलाई उहाँहरुलाई चेतावनी दियौं ।अनलाइनखबरबाट ।

चर्चामा

सम्बन्धित समाचार