रौतहट — रौतहटमा सर्पले टोकेर एक बालकको मृत्यु भएको छ। बौधीमाई नगरपालिका-३ मटिअरवाका रामलगन कुशवाहाका ९ वर्षीय छोरा अनमोल कुशवाहाको सर्पको टोकाइबाट मृत्यु भएको हो।उनलाई घरकै आँगनमा सर्पले टोकेको र उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।