सुरेशकुमार पान्डे — यो पंक्तिकारले धेरै पहिले कम्युनिष्ट धुर्विकर्णका कुरा उठ्दा यो भनेको थियो एउटा लेखमा”के नेपालमा सांच्चै कम्युनिष्टछन बरू कुनै भौतिकवादी बिचारलाई ब्यबहारमा लागुगर्न सक्ने ब्याक्तिको खोजि गर्नुपर्छ की।”यो मेरो आफ्नो नितान्त निजी बिचारहो भनेर बुझ्नुपर्छ।
आज पनि भौतिकवादी बिचारलाई ब्यबहारमा लागु गर्न सक्ने ब्याक्तिको पनि अनिकालछ।फेरी कसैले फ्याट भन्दिनुहोला भौतिकवाद र कम्युनिष्ट एउटै बिषयहोइन!कम्तिमा कम्युनिष्ट भनिसकेपछी भौतिकवादी बिचारलाई ब्यबहारमा ढाल्न सक्नुपर्नेहुन्छ।सबैको सकल आचरण बुजुर्वा बिचारधाराकोछ उनैले आफुलाई खांटीको कम्युनिष्ट ठान्दछन अंझ भैनभनेर आफुलाई क्रान्तिकारी’यो त कम्युनिष्ट आचरण सँग गरिएको भद्दा मजाकनै हो।नेपालको कम्युनिष्ट आन्दोलन बुजुर्वा र निम्न पुंजिवादको जगमा खडा भएको थियो।
२००६सालमा कम्युनिष्ट गठन गर्नेहरूनै निम्न पुंजिवादी बिचारधाराका ब्याक्तिहुन।मैले यसो भन्दा कतिपयलाई मैले संस्थापकहरूलाई अपमान गरेको जस्तो लाग्न सक्छ तर वास्तबिक रूपमा जुनसुकै ब्याक्ति र बर्ग द्वारा कम्युनिष्टको गठन भयो त्यो महान र ऐतिहाशीक कार्यथियो र सबै संस्थापकहरू मेरो दृष्टीमा सम्मानजनकछन किन की त्यो वेला देशमा जहानियां राणाकालीन अबस्था थियो।
त्यो कालरात्रिमा पनि बिदेशमा अध्यायनरत बिध्यार्थिहरूले देशमा क्रान्तिकारी सपना देख्नु र त्यो बाटो अप्नाउनु आफैमा एउटा ऐतिहाशीक र महान कार्यथियो।त्यो वेलाको प्रचामा देशमा नौलोजनवादी क्रान्तिको पहिलो पल्ट उदघोष भयको थियो।
हुन त २००३सालमा गठन भएको नेपाली कांग्रेसले आफ्नो वैराङ्गिय सम्मेलनमा सस्त्र आन्दोलनको थालनि गर्ने निर्णय पनि गरिसकेको थियो।तर पनि कलकात्तामा एउटा बंगालीको घरमा नेपाली कम्युनिष्टको सुरूवात हुनु ठुलो कुरा थियो।तर बिस्तारै स साना झग्डा र ब्याक्तिगत स्वार्थ बाट झिनामसिना बिबादले हांगा बाङ्गाहाल्दै गयो।
राजालाई मान्ने कि नमान्ने,बहुदलको पक्षमा लड्नेकी नलड्ने,सात सालको घटनालाई के मान्ने आदी जस्ता सामन्य बिचार बाट कम्युनिष्टमा गुट उपगुट बन्दै गयो जसलाई बहुमतको निर्णय ठिक लागेन उस्ले आर्कै पार्टी खोल्यो।फरक सिधान्त राष्ट्रियता जनतन्त्र र जनजिविकाको सवालमा फुटेको कताकती छन तर आफ्नो निजी स्वार्थमा फुटेका धेरैछन।कसैले मानुन् वा नमानुन् तर यहि सत्यहो।
अहिले नेकपाको आंठौ महाधिवेशन पछि पार्टी बाट निस्कासित वा कार्वाहीमा परेका वा आफै चित्त नबुझेर भाहिरिएका मित्रहरूले उंहाका कयौं बुद्धिजीवीहरूले आफ्ना लेख रचनाहरूमा लगातार क्रान्तिकारी पार्टीको बिच धुर्विकरणमा जोड दिंदै आएंनुभयकोछ।नेकपा मसाललाई उहांहरूले दक्षिण पन्थी बाटो छोपेको आरोप लगाउँदै आउंनु भएकोछ।
नेकपा मसाल जसलाई उनि मित्रहरूले लामु समय सम्म आफैले महान क्रान्तिकारी पार्टी भनेर थाकिदैन थिए,कतिपय अबस्थामा कतै बाटो बिरायो कि भन्दा उल्टै हामिहरूलाई अंझै अध्यान गर्नुस नेकपा मसालको जस्तो क्रान्तिकारी पार्टी त कतैपनि छैंन भन्नुहुने कामरेडले नेकपा मसालले पांचौं महाधिवेसनबाट निरन्तर गलति गर्दै आएको पनि भनेको सुन्दा आचार्यलाग्छ यति लामू समय सम्म गलतिगर्दा उनिहरू आफैले केहेर बसेका रैछन?त्यो कतै उल्लेखछैन।जतिवेला देखून समनवय समीति बनाए त्यतीवेला देखुन उनिहरूले क्रान्तिकारीहरूको बिचमा धुर्वीकरणको महेशुर्स् गर्दै आएको आभाष हुन्छ।
कतिपय मित्रहरूले त क्रान्तिकारी एकिकृत मावोवादीको काखमा पुगिसकेकाछन।अरू कयौं साथिहरूले अब कान्तिकारी पार्टी खोज्दैछन ताकी त्यो पार्टीभित्र समायोजित हुनसकियोस्।
आखिर त्यो उनिहरूले क्रान्तिकारीको लिष्टमा कुन-कुन पार्टीलाई राखेकाछन त्यो थाहा हुन सकेन।अहिले सम्म कुनैपनि पार्टी नेकपा (मसाल)जत्तिको पनि छैन जस्तो हामिलाई लाग्छ।मैले यो पनि कहिले दावा गरेकोछैन बर्तमान परिस्थितिमा क्रान्ति नेकमा मसालले गर्छ।अहिलेको अबस्था राष्ट्रियतालाई र गणतन्त्रलाई जोगाउने जनजिविकाको पक्षमा लगातार आवाज उठाउने र क्रान्तिको आधार तैयार पार्ने ब्यबहारलाई अप्नाउनुपर्छ।
एककोहोरो क्रान्तिको वकालत गरेर राष्ट्रियता र गणतन्त्रको मुद्धालाई उपक्षागरियो भने त्यो झन देशको लागि घातक हुनेछ।
अब मेरो बिचारमा नेपाल भित्र क्रान्तिकारी कम्युनिष्ट पार्टीको धुर्वीकरणको कुरा गर्नु भन्दा भौतिकवादी बिचारलाई ब्यबहारमा ढाल्न सक्ने ब्याक्तिलाई खोज्नुपर्छ।बरू देशभक्त र गणतान्त्रिक शक्तिहरूको तालमेल गरेर देशमा साडे छे दशक सम्म जनताले लडेर ल्याएको सम्बिधानको रक्षा राष्ट्रियताको रक्षा र संघियताको खारेजी र साम्राज्यवादको हश्तक्षेपको बिरोध गरेर देशलाई जिवित राख्ने योजना बनाउँदा ठिकहोला।
अहिले कम्युनिष्ट रक्षात्मक अबस्थामा भएको वेला क्रान्तिकारी पार्टिको धुर्विकरणका कुरा मात्र ढोक्सलाहो जनतामा झुठ बोलेर युवाहरूलाई क्रान्तिको सपना देखाएर आफ्नो स्वार्थ पुरागर्ने एकप्रकारको शड्यन्त्रमात्र हुनसक्छ।हिंजो हामि नेकपा मसालमा जन्म्यौ र मसालमै मर्छौं भन्नेहरू कहां पुगेकाछन भन्नु भन्दा उनिहरूलाई हेरेपुग्छ।
तर सबै उनिहरू जस्ता अबस्यपनि हुंदैनन् तर समयले मानिसलाई क्रान्तिबाट बिमुख पार्दै लगेको कुरा खरोखासहो।
अहिले एक्किसौं सतब्दिमा कसैलाई पनि बांधेर राख्न सकिदैन तर सकेसम्म साथिहरू कतै बिचलित नभय हुनेथ्यो भन्ने मनमा हुन्छ।एउटा ब्याक्तिलाई कम्युनिष्ट बिचारधाराको खुराक दिएर अगाडी बढाउन कतिधेरै लगानि लागेको हुन्छ त्यो साथिले बाटो बिराउँदा निश्चितरूपमा मुटुपिरो हुन्छ।एउटा ब्याक्ति प्रतिकृयावादीको खेमाभित्र जानुभनेको निश्चितरूपमा कम्युनिष्ट कम्जोरहुनुनैहो।
अहिले राष्ट्रियता जनतन्त्र र जनजिविकाको पक्षमा मिलेर शंघर्ष गर्ने आंट सबैमा हुनुपर्छ।देशको अबस्था जटिलछ युवाहरू जती खाडीमाछन भ्रष्टचारीको हातमा देशको ब्यबस्थाछ बिदेशीको हातमा त्यसको लगामछ त्यो सबैलाई जानकारीछ।तरपनि देशमा कम्युनिष्ट क्रान्तिकारी हरूको खुबै जमघट भयको झैं साथिहरूले क्रान्तिकारीहरूको ध्रुविकरणका गर्नुहुन्छ।हामिलाई पनि त जानकारी होस् आखिर उनिहरूको नजरमा क्रान्तिकारी पार्टी को रहेछ?