मङ्लबार, अशोज १५, २०८१
  • होमपेज
  • समाज
  • सुदुर पश्चिममा वन रक्षकको परीक्षामा मनपरी रकम असुलीको आरोप

सुदुर पश्चिममा वन रक्षकको परीक्षामा मनपरी रकम असुलीको आरोप

  • शुक्रबार, असार १७, २०७९
सुदुर पश्चिममा वन रक्षकको परीक्षामा मनपरी रकम असुलीको आरोप

धनगढी — सुदूरपश्चिम प्रदेश लोक सेवा आयोगले वन रक्षक पदमा चैत १२ गते आवेदन खोल्यो। आयोगले तहविहीन वन रक्षक पदका लागि एक सय ६७ जना माग गरेको थियो। लोक सेवा आयोगले वन रक्षक, नेपाल वन, जनरल फरेस्ट्रीमा खुला, महिला, आदिवासी, जनजाति, मधेशी, दलित, अपांग, पिछडिएको क्षेत्रबाट आवेदन माग गरेको छ।
सबैभन्दा धेरै खुलातर्फ ९२ जना वन रक्षक माग भएको छ भने सबैभन्दा कम पिछडिएको क्षेत्रतर्फ ३ जना वन रक्षक माग गरिएको छ। एक सय ६७ पदका लागि ३५ हजार १८ जनाको आवेदन परेको प्रदेश लोक सेवा आयोगका सूचना अधिकारी हिरालाल चौधरीले बताए। उनले प्रयोगात्मक परीक्षाहरु जारी रहेको बताए।वन रक्षकका लागि आवेदन दिएकाहरुले प्रयोगात्मक परीक्षा भने निष्पक्ष र स्वच्छ नभएको गुनासो गरेका छन्

एक परीक्षार्थीले दिनेशखबरसँग भने, ‘मैले रुख चढ्न सकेन। म फेल भएको थिए। ५० हजार मागे। ५० हजार दिए पास हुने रे।’ एर्का एक परीक्षार्थीले भने, ‘पैसा मागेको त मैले देखेन। तर फिजिकलमा आफ्ना मान्छेलाई बढी नम्बर दिइएको छ। पास भएकालाई गुड, गुड निस्किएकाहरुलाई एक्सिलेन्ट निकालिएको छ।’ परीक्षार्थीहरुले अत्तरियामा सुरुको भन्दा दौडको लम्बाई समेत बढाएको गुनासो गरेका छन्।

वन रक्षकका लागि १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेकाले आवेदन दिएका छन्। उनीहरुको अहिले प्रयोगात्मक परिक्षा हुँदैछ। कक्षा ८ उत्तिर्ण गरेकाले आवेदन दिन पाउने उक्त पदमालो संख्यामा आवेदन परेकाले छनोटमा समस्या देखिएको बताइएको छ। लोक सेवा आयोग सुदूरपश्चिमले सबै आवेदकहरुको प्रयोगात्मक परीक्षा लिन सकेको छैन। लिखित परीक्षाका लागि सूचनासमेत सार्वजनिक गरिएको छैन।

चर्चामा

सम्बन्धित समाचार