बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • समाचार
  • एक सातासम्म देशभर बदली, केही स्थानमा भारी वर्षाको सम्भावना

एक सातासम्म देशभर बदली, केही स्थानमा भारी वर्षाको सम्भावना

  • बिहिबार, असार १६, २०७९
एक सातासम्म देशभर बदली, केही स्थानमा भारी वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले एक सातासम्म देशभर सामान्य बदली रहने र केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरेको छ ।

सातवटै प्रदेशको सम्भावित मौसमी अवस्था आज सार्वजनिक गर्दै महाशाखाले कुनै प्रदेशमा सामान्य र कुनैमा भारी वर्षाको सम्भावना रहेको जानकारी दिएको हो ।

साताको शुरु तथा मध्यमा हिमाली, पहाडी र तराईका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जारी गरेको साप्ताहिक मौसमी बुलेटिनमा उल्लेख छ । साताको सुरुमा प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चटयाङ सहित भारी वर्षा र साताको अन्त्यमा हिमाली, पहाडी र तराईका केही स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ ।

पहाडी र तराई मधेशको अधिकतम तापक्रम तथा न्युनतम तापक्रम हल्का बढ्ने सम्भावना पनि छ । तर हिमाली भागको अधिकतम तापक्रम र न्युनतम तापक्रममा भने उल्लेखनीय परिवर्तन नहुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार