बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • साउदीमा अलपत्र १७ नेपालीको उद्धार, ५ जना एक्जिट भिसाको पर्खाइमा

साउदीमा अलपत्र १७ नेपालीको उद्धार, ५ जना एक्जिट भिसाको पर्खाइमा

  • बिहिबार, असार १६, २०७९
साउदीमा अलपत्र १७ नेपालीको उद्धार, ५ जना एक्जिट भिसाको पर्खाइमा

दोहा – आकर्षक रोजगारीको प्रलोभनमा परी दलालमार्फत साउदी अरब पुगेका १७ जना नेपाली युवाको उद्धार गरिएको छ । प्रतिज्ञा ओभरसीज प्रालीमार्फत साउदी पुगेका उनीहरुलाई सामाजिक अभियन्ता सरोज रायको पहलमा उद्धार गरिएको हो ।

प्रतिज्ञा ओभरसीजले उनीहरुलाई साउदीको जेद्धामा रहेको सपोर्ट सर्विस कम्पनीमा आकर्षक तलब हुने भन्दै पठाएको र त्यहाँ पुगेपछि म्यानपावरले सम्झौता गरेअनुसारको काम र तलब नपाएपछि उनीहरु अलपत्र परेका थिए ।

अभियन्ता रायका अनुसार सो कम्पनीमा कार्यरत १७ जना नेपाली कामदारहरूको करार सम्झौता अनुसार काम, तलब र सेवा सुविधा उपलब्ध नगराएको र अलपत्र पारि भोकभोकै राखेकोले पीडितहरूसहितको उपस्थितिमा म्यानपावर कम्पनीविरुद्ध बुधबार वैदेशिक रोजगार विभागमा मुद्दा दर्ता गरिएको बताए ।

वैदेशिक रोजगार विभागले पनि म्यानपावर कम्पनीलाई तिन दिनभित्र उपस्थित हुन पत्र काटेको उनले बताए ।

चर्चामा

सम्बन्धित समाचार