बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • फापरको पिठो पठाईदेउ आमा…………

फापरको पिठो पठाईदेउ आमा…………

  • बुधबार, असार १५, २०७९
फापरको पिठो पठाईदेउ आमा…………

                “फापरको पिठो पठाईदेउ आमा यहाँ, चामल सारै नै महगो
                   सहरमा बाँच्न गारो भो आमा यहाँ, त अचेल सबै थोक महगो” ।

बाजुरा — बालगायक सुप्रिम मल्ल जब स्टेज गाउँन थाले सबैलाई भाबुक बनाए । बाजुरा घर भएका मल्लले मंगलवार क्रेटर जोन एकेडेमिले सम्मान गरेको कार्यक्रममा उनले यहि बोलको गित गाँएर सबैलाई भाबुक बनाए । उनी गाइरहँदा धेरै आमाहरुलाई निकै भाबुक बनाए ।
‘भ्वाइस अफ नेपाल’ को फाइनलसम्म पुगेका मल्ल बाजुराको सदरमुकाम मार्तडी पुगेको खबर पछि बिद्यालयले उनलाई सम्मान तथा स्वागत गरेको छ । उनको फापरको पिठो पठाईदेउ आमा यहाँ चामल सारै नै महगो भन्ने बोलको गितले निकै चर्चा पाएको छ । बाजुरा जस्तो ठाउँ बाट काठमाडौ अभाब र समस्यामा पढिरहेका बिद्यार्थीको दुख समेटेर बनाएको पाईएको छ । मिठो स्वर सँगै गितमा शब्द पनि निकै भाबुक रहेका छन् ।
मल्लले कार्यक्रममा थुप्रै अन्य गितहरु गाएर दर्शकहरुलाई मनरोञ्जन गरेका थिए । सम्मान कार्यक्रम बडिमालिका नगरपालिका नगरप्रमुख अम्मर बहादुर खड्काको प्रमुख आतिथ्यमा भएको थियो । हिमाली गाउँपालिका ६ धिम घर भएका मल्ल वैशाखमा १० वर्ष पुगेका छन् । तर उनले यति सानो उमेरदेखि नै सांगीतिक क्षेत्रमा लोभलाग्दो सफलता पाउँदै गएका छन् ।
‘बिजुली’, ‘बिछोडको करौंतीले’, ‘ताराबाजी लै छोरा’, ‘देउसी भैलो’जस्ता गीत गाएपछि सुप्रिम ‘द भ्वाइस किड्स नेपाल’मा सहभागी भएका थिए । त्यसपछि भने उनको स्वरको चर्चा निकै चुलियो । त्यसपछि उनलाई लिएर गीत रेकर्ड गराउनेहरु बढे । ‘द भ्वाइस किड्स नेपाल’मा सहभागी भएपछि उनले दुई दर्जन बढी गीतमा स्वर दिइसकेका छन् ।
जसमध्ये ‘मेरो बाबा सुपरम्यान’, ‘देउरालीलाई भेटी’, ‘सम्झिराख है साथी’, ‘फोटो सिरानी’ धरान धनकुटा जस्ता गीत लोकप्रिय छन् । चर्चित गीत ‘न बिर्सें तिमीलाई न पाएँ तिमीलाई’ र ‘फोटो फिरिममा’को चाइल्ड भर्सन सुप्रिमको स्वरमा छ । लाइभ दोहोरीमा पनि सुप्रिम उत्तिकै व्यस्त छन् । उनले स्वर दिएका गीतभन्दा धेरै संख्यामा लाइभ दोहोरी सार्वजनिक भइसकेका छन् । बाजुरामा जन्मिएका सुप्रिम यतिबेला बाबाआमाका साथ काठमाडौंमा बस्छन् । उनी कक्षा ४ मा अध्ययनरत छन् ।

चर्चामा

सम्बन्धित समाचार