शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • १९ वर्षका दुई विद्यार्थी जसले दिलाए कैदीबन्दीलाई मताधिकार

१९ वर्षका दुई विद्यार्थी जसले दिलाए कैदीबन्दीलाई मताधिकार

  • बुधबार, असार १५, २०७९
१९ वर्षका दुई विद्यार्थी जसले दिलाए कैदीबन्दीलाई मताधिकार

नेपालमा हलमा पहिलो पटक भोजपुरी फिल्मले ठूलो प्रदर्शनको थालनी गर्ने भएको छ । नेपाली निर्देशक चन्द्र पन्तले बनाएको भोजपुरी फिल्म ‘रण’ ले त्यसको सुरुवात गर्न लागेको हो ।

फिल्म शुक्रबारबाट काठमाडौं र उपत्यका बाहिर गरेर ४० बढी हलमा लाग्ने निर्देशक पन्तले बताए । ‘राजधानीका केहि मल्टिप्लेक्ससँग समेत कुरा भइरहेको छ’, पन्तले भने ‘विश्वज्योती लगायतका केही मल्टिप्लेक्समा समेत फिल्म लाग्नेछ । ’

यसअघि भारतको बिहार राज्यमा प्रदर्शन भइसकेको फिल्म शुक्रबारदेखि नेपालसँगै भारतको मुम्बई तथा गुजरातमा पनि प्रदर्शन हुन लागेको हो । जुलाई १० तारिखदेखि यो फिल्म दिल्लीमा समेत प्रदर्शन हुनेछ ।

एक्सन प्रधान फिल्ममा नेपाली कलाकार तथा प्राविधिक समेत आवद्ध छन् । ‘रण’ मार्फत नेपाली अभिनेता नरेन खड्काले भोजपुरीमा डेब्यू गरेका छन् । नरेनसँगै फिल्ममा आन्नद ओझा, काजल रघवानी, आएज खान, सिपी भट्ट, मनोज टाइगर, देव सिंह, अरुणकुमार मिश्रको मुख्य अभिनय छ । निर्देशक पन्तको लेखन रहेको फिल्मका निर्माता अरुणकुमार मिश्र हुन् ।

चर्चामा

सम्बन्धित समाचार