शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • सुरज पण्डितकाे रेलको बाटो २ सिंहदरबार बोलको गित सार्वजनिक (भिडीयाे सहित)

सुरज पण्डितकाे रेलको बाटो २ सिंहदरबार बोलको गित सार्वजनिक (भिडीयाे सहित)

  • मङ्लबार, असार १४, २०७९
सुरज पण्डितकाे  रेलको बाटो २ सिंहदरबार बोलको गित सार्वजनिक (भिडीयाे सहित)

बाजुरा — रेलकाे बाटो गितको सफलता पछि सुरज पंडितको शब्द संगित र स्वर रहेको रेलको बाटो २ सिंहदरबार बोलको गित सार्वजनिक भएको छ । लक्ष्मण सुनारको निर्देशनमा निर्माण भएको यस गितको भिडियोमा  सुदुर र कर्णाली प्रदेशको जिवन शैलीको कथा दु:ख संगै राज्यले गर्ने व्यवहारको समेत समेटिएको छ।

 रेलको बाटोको अपार सफलतापछि गायक सुरज पण्डितले रेलको बाटो २ (सिंहदरबार) बजारमा ल्याएका हुन् । यस अघि कर्णलीको विकट जिल्ला हुम्लाको जनजीवनमा आधारित रेलको बाटोलाई दर्शकले अत्याधिक रुचाएका थिए ।

अस्मिता सुनार जुरेली र सुरज पंडितको मुख्य अभिनयको भुमिकामा देखिएका छन् र यस गितको भिडियोमा कुलदिप आचार्य अतिथिको भुमिकामा छन्। भिडियोले कर्णालीमा बसोबास गर्ने व्यक्ति लाई राजधानी र राज्यले गर्ने बिभेदका साथै सरकारलाई कथा मार्फत गतिलो झापड समेत हानेको छ।

सार्वजनिक गितको भिडियोलाई निसाल पौडेलले छायांकन,पदम सुबेदीले सम्पादन र मिलन बिश्वकर्माको रंग संयोजन गरेका छन्।गितको भिडियोलाई सुरज पंडितको अफिसियल युटुब च्यानल बाट सार्वजनिक गरिएको हो।

गाउँमा सिंहदरबारहरुको स्थापना र जनताको जनजीवन, अभाव, धार्मिक संस्कृतिका कुरा लगायत चालचलन, रहनसहनलाई गायक पण्डितले संगीतमा जस्ताको त्यस्तै उतारेका छन् । गीतमा शब्द, स्वर संगीत, र अभिनय सुरज पण्डितको रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार