त्यस्तो दिन थियो न छानो थियो कुनै वेला,
आहार पनि गिठाको गानो थियो कुनै वेला।
अपठ्यारा दिन देखेका थ्यौं रत शंघर्ष गर्यौं,
अनिकाल आउँदा न दानो थियो कुनै वेला।
निस्वार्थ थियो जिवन मिलेर गुजारा चल्थ्यो,
सबैको खुसी पैंचोको मानो थियो कुनै वेला।
लाग्थ्यो बर्षा चुनथ्यो चारै तिर खरको छानो,
भएका थाल बटुका उत्तानो थियो कुनै वेला।
हो झल झली सम्झन्छु यो ज्यानपनि सांच्चै,
ओंठ बाट दुद आउँने सानो थियो कुनै वेला।
सुरेशकुमार पान्डे।