शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाज
  • धनगढीकी एक महिला १३ दिनदेखि बेपत्ता, लाखौं ठगेर भागेको आरोप

धनगढीकी एक महिला १३ दिनदेखि बेपत्ता, लाखौं ठगेर भागेको आरोप

  • मङ्लबार, असार १४, २०७९
धनगढीकी एक महिला १३ दिनदेखि बेपत्ता, लाखौं ठगेर भागेको आरोप

कैलालीको धनगढीकी एक महिला १३ दिनदेखि अज्ञात अवस्थामा छिन्। धनगढी उपमहानगरपालिका–२ भन्सार बस्दै आएकी २५ वर्षीया शिखा सिंह भनिने आशा केसी बेपत्ता भएकी हुन्। असार १ गते पसल जाने भनेर घरबाट निस्केको र त्यसपछि सम्पर्कबिहीन बनेको उनका श्रीमान उमेश सिंह बताए।

धनगढी उपमहानगरपालिका–२ बैयाँबेहडीमा स्टारफिक्स ब्युटीपालर सञ्चालन गर्दै आइरहेकी केसीले लाखौं रकम ठगी गरेको आरोप लागेको छ। उनले आकर्षक ब्याजको प्रलोभन देखिएर दर्जनौ महिलासँग लाखौ रुपैयाँ मागेको आरोप लागेको हो।

महिलाहरुसँग व्यवसाय सञ्चालन गर्ने र श्रीमानलाई विदेश पठाउनको लागि भन्दै रकम मागेको महिलाहरुले बताएका छन्। व्यावसाय सञ्चालन गर्ने भन्दै विभिन्न समयमा आफुसँंग ३ लाख ६० हजार मागेको धनगढी–२ बस्ने हिमा सिंहले बताइन्। ‘पसलमा सामान हाल्ने र श्रीमानलाई विदेश पठाउन पैसाको खाँचो परेको भन्दै पैसा मागेकी थिइन्। राम्रो ब्याज दिने भनेपछि बारम्बर आग्रह गर्दा मैले पैसा दिएको हुँ’ उनले भनिन्। केही समय पहिला आफुले विदेशबाट कमाएको र गहना समेत बेचेर पैसा दिएको उनले बताइन्।

हिमाले आफु जस्तै अन्य कयौं महिलाहरुलाई समेत आकर्षक ब्याज दिने प्रलोभन देखाएर शिखाले लाखौं रकम असुल गरेको बताइन्। ‘म जस्ता धेरैसँग पैसा मागेकी रहेछिन्। यस्तै २० लाख जति उठाएको भन्ने बुझिएको छ’ उनले भनिन्।
शिखाले साथमा रहेकी २१ महिनाकी छोरी युनिशालाई समेत लगेर फरार भएको उनको परिवारले जनाएको छ। उनका श्रीमान् उमेश सिंहले धेरैजनाले श्रीमतीले पैसा लगेको भन्दै घरमा आउने गरेको भएता पनि त्यो विषयमा आफुलाई कुनै जानकारी नभएको बताए। श्रीमतीले पैसा माग्ने विषयमा घरमा कुनै सल्लाह नगरेको उनको भनाई छ।

यस विषयमा जिल्ला प्रहरी कार्यालय कैलालीले बेपत्ता महिला धनगढी विमानस्थलबाट काठमाडौं गएको जनाएको छ। शिखाको खोजीका लागि परिवारको तर्फबाट निवेदन आएको समेत प्रहरी अधिकारीले बताए। यस्तै रकम ठगीको सम्बन्धमा समेत गुनासो आएको एक प्रहरी अधिकारीले बताए।

चर्चामा

सम्बन्धित समाचार