शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • गायिका दिलमाया आफ्नै डेरामा मृत फेला, १ जना पक्राउ

गायिका दिलमाया आफ्नै डेरामा मृत फेला, १ जना पक्राउ

  • आइतवार, असार १२, २०७९
गायिका दिलमाया आफ्नै डेरामा मृत फेला, १ जना पक्राउ

दोहोरी गायिका दिलमाया सुनार मृत भेटिएकी छन् । प्रहरीका अनुसार शनिबार राति ११ बजे काठमाडौंस्थित आफ्नै डेरामा उनी मृत्य अवस्थामा भेटिएकी हुन् । सुर्खेत घर भएकी ३० वर्षीया गायिका सुनार काठमाडौंको नेपालटारमा डेरामा बस्दै आएकी थिइन् ।

उनले शुक्रबार आफू बाँच्न मुस्किल भएको भन्दै सामाजिक संजाल फेसबुकमा स्टाटससमेत लेखेकी थिइन् । प्रहरीले घटना अनुसन्धानका क्रममा सूर्य श्रेष्ठलाईलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार शूर्य शनिबार बिहानै मृतक सुनारको कोठामा पुगेको थाहा भएको छ । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार