शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • राजनीति
  • मन्त्री हेरफेरविरुद्ध उभिएका एकीकृत समाजवादीका ६ सांसदले लिए हस्ताक्षर फिर्ता

मन्त्री हेरफेरविरुद्ध उभिएका एकीकृत समाजवादीका ६ सांसदले लिए हस्ताक्षर फिर्ता

  • शनिबार, असार ११, २०७९
मन्त्री हेरफेरविरुद्ध उभिएका एकीकृत समाजवादीका ६ सांसदले लिए हस्ताक्षर फिर्ता

मन्त्री हेरफेरविरुद्ध उभिएका नेकपा एकीकृत समाजवादीका १० मध्ये ६ जना सांसदले आफ्नो हस्ताक्षर फिर्ता लिएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसमेत रहेका प्रेमबहादुर आलेसहित ६ जना सांसदले शुक्रबार पार्टी नेतृत्वलाई ७ बुँदे मागपत्र बुझाउँदा दिएको पत्रबाट आफ्नो हस्ताक्षर फिर्ता लिएका हुन् ।

पार्टी नेतृत्वले विगतमा कमजोरी भएको र अब सच्याउने प्रतिवद्धता जनाएपछि आफूहरुले हस्ताक्षर फिर्ता लिएको सांसद गोपाल बमले अनलाइनखबरसँग बताए । हस्ताक्षर फिर्ता लिनेमा आलेसँगै धनबहादुर बुढा, कृष्णलाल महर्जन, गोपालबहादुर बम, पुष्पाकुमारी कर्ण कायस्थ र विनादेवी बुढाथोकी रहेका छन् ।

उनीहरुले शनिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘०७९/३/९ का दिन कमरेड अध्यक्ष माधवकुमार नेपाललाई ८ बुदे मागसहित दलको बैठक समेत बोलाइयोस् भनी पेश गरेको पत्रमा हामी तपशीलका सांसदको समेत हस्ताक्षर रहेकामा उक्त हस्ताक्षर फिर्ता लिएका छौं ’ भनिएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार