सुरेशकुमार पान्डे — रवी लामिछाने नेपालको प्रख्यात नामहो त्यसबारे कसैलाई पनि सङ्काछैन।उन्ले पत्रकारिता बाट समाजको सेवा गर्ने मौका पाएका हुन।उनले दिएको योगदानले जन समर्थन पनि नपाएका होइनन्।
एउटा समाज सेवक पत्रकारलाई सत्ता मोह लागेपछि त्यो स्वतन्त्र कसरी हुनसक्छ?त्यो आफैमा बिरोधाभाषहो।अहिले नेपालको राजनीति परिवेशमा स्वतन्त्र ब्याक्तिहरूको शानदार विजय पछि रवी ज्युले त्यो स्वतन्त्रबाट फाइदा लिन पार्टीको नामनै स्वतन्त्र राखेकाछन त्यसरी उन्ले स्वतन्त्रतालाई नै भर्याङ्ग बनाएर मन्त्री बन्ने वा आफ्नो क्यारियर बनाउन खोजेको आभाष भएकोछ।स्वतन्त्र चुनावमा भागलिनु र स्वतन्त्र पार्टी बनाएर चुनावमा भागलिनु एउटै बिषय होइन।
कतिपय स्वतन्त्र भनिनेहरू कत्तिको स्वतन्त्रछन त्यो समयले प्रष्ट पार्दै जानेछ।ति स्वतन्त्रहरूको विजय उनिहरू स्वतन्त्र भयर मात्र होइन बरू राजनीति पार्टीका नेताहरू अविस्वासिला अदुरदर्शिय वा पार्टी पर्ती जनताको मोह भङ्ग भएको परिणाम उनिहरूको विजय भएको हुनसक्छ।कतिपय अबस्थामा जव कुनै देशमा राजतन्त्रको खिलाफ जनताले शंघर्ष गर्छन र उसलाई सत्ताच्युत पार्छन त्यो अबस्थामा उस्का खास ब्याक्तिले छदम नामबाट सत्ता प्राप्तिकालागी प्रयात्न पनि गरेका हुन्छन।
हाम्रो देशमा पनि राजतन्त्र फर्काउँन पुर्व राजाकै इसारामा कयौं यस्ता प्रयात्न हुने सम्भावना पनिछन।तर हामिले अहिलेनै कसैलाई आरोप लगाउन मिल्दैन त्यो समयले बताउँने कुराहो।
रवी ज्युको बारेमा भन्नु पर्दा उन्ले धेरै पहिले देखून त्यो राजनीतिमा आउने मौका ढुकेर बसेका थिए उन्ले जनताको पक्षमा वा जनहितमा लगाएको लगानी पनि स्वतन्त्र रैनछ भन्ने कुरा स्वतन्त्र पार्टीको गठनले प्रष्ट पाय्रो।अहिले उनि आफ्नै क्यारियर बनाउँने प्रयासमा छन त्यसकारणले खुलेर भन्ने कुरा त्यो सत्ता मोह नै हो।
राजधानी बाट बालेनको शानदार बिजयले उन्लाई आफ्नो पार्टीको नामनै स्वतन्त्र पार्टी राख्ने प्रेणा दियो भन्ने प्रसस्त आधारहरूछन।तर स्वतन्त्र नाम राख्दा बित्तिकै जितहोला भन्ने गलत फाइमीमा पनि नपर्नु किन की जित भनेको जनताको हातमा भयको कुराहो।
देशभित्रको भ्रष्टचार कालो बजारीलाई एउटा ब्याक्ती वा बिना नीतिको राज गरेर खतम पार्न सकिदैन।यसको लागी एउटा गहन बिचार बोकेको राजनीतिक क्रान्तिकारी पार्टीलेमात्रै आमूल परिवर्तन गर्न सक्नेछ।
यो पुंजिवादी ब्यबस्थामा हामि जतिसुकै स्वतन्त्र भयपनि आफुलाई स्वतन्त्र राख्न आफै सँग ठुलो क्रान्ति गर्न सक्नुपर्छ सामाजिक राजनीति भित्र घुसेको फोहोर भनेको राजधानीभित्र देखिएको भौतिक फोहोर जस्तो होइन।एकजना ब्याक्तिले चाहेर मात्रै आमूल परिवर्तन गर्न सकिदैन मात्र केही सुधार हुन सक्ला।त्यो पनि ठोलो आत्मत्याग र शंघर्ष पछि मात्र आंशिक सफलता मिल्न सक्ला।
हुन त सबै मानिसलाई एकैनासे ठान्ने भुल पनि गर्नु हुंदैन सरफरोशको जजबा भयका मानिसले केहिन केहि सुधार अबस्य गर्न सक्छन।तर यो अहिलेको पुँजिवादी ब्यबस्था भित्र त्यो आर्थिक नैतिक र भौतिक समस्या इमानदार ब्याक्तिहरूमा पनि आईलाग्छ।जनतालाई सुबिधा दिन्छु भन्नेहरूले ठुला ठुला शंघर्ष गरेर गय तर पनि सकेनन्।
दुनियांभरीका दार्शनिकहरूको जिवनी र उनिहरूको अबस्थालाई अध्यायन गर्नेहो भनेपनि प्रष्ट हुन्छ।उनिहरू महान दार्सनिकहरू समेतले आजिवन परिवर्तनका लागी शंघर्ष गरे जनमुक्तिका विजन अगाडी सारे बाटो देखाए जिवनभरी आफुलाई दुःख र कष्टको पर्खाल बनाए तर पनि कतिपय दार्शनिकलाई छाडेर अरू सफल हुन सकेनन्।मात्र जनताको हितमा एउटा गोरेटो बनाउन सफल भएको कयौं इतिहाश छन।
भारतको राजधानी दिल्लिमा केजरिवालले जुन राजनीति गरेकाछन त्यो राजनीति हरेकको बसमा छैन दिल्लिको जस्तो आयश्रोत नेपालको कुनै पनि ठाउमा छैन।दिल्लिमा बिधुत,पानी जनतालाई निसुल्कछ,त्यो मात्रैहोइन महिंलाहरूलाई लोकल बसमा भाडा लाग्दैन त्यो खर्च सरकारले अन्य आयश्रोत बाट पुर्तिगर्छ।
केजरीवाललाई धेरैजसो उन्को निस्वार्थ छवीले गर्दा दिल्लिका आम कम्पनिहरूले पनि साथ दिएकाछन।केजरीवाल सँग सिसोदिया जस्ता वेदाग छवीका धेरै होनहार राजनीतिज्ञको पनि साथ सहयोगछ।त्यसको साथसाथै दिल्लिका पुरै जनताको साथछ।केजरिवालले पहिलेका मन्त्रीहरूले खाने कमिसन आफुरूले नखाएर त्यो दिल्लिका जनताहरूलाई सुबिधा दिएकाछन।
केजरिवालको राजनीतिको सुरूवात अन्नाहजारे जस्ता प्रख्यात समाज सवेकहरूको जमघट बाट सुरू भयो र बिकाश भयो त्यो एउटा दौर थियो।त्यसपछि त्यो पार्टीमा आम ब्याक्ति जोडिंदै गए र पार्टीले दिल्लि पछि पञ्जाबलाई कब्जा गर्न सफलमात्र भयन गवा सम्मका प्रतिनिधीले जित हासिल गरेकाछन।केजरीवाल सिवानी हरियाणा राज्यका एउटा किसान परिवारमा जन्मिएका ब्याक्ती हुन।भारतमा कयौं ब्याक्तिहरू राजनीति वा समाज सेवा गर्ने उदेश्यले अगाडी सरेकाछन उनिहरूले राजनीतिलाई पेसाको रूपमा लिएनन् त्यही मध्यका ब्याक्तिको जमघट आमआद्मी पार्टीहो।
त्यही हरियाणामा धेरै पहिले एकजना जज मणिया थिए अहिले उनि छैनन् एकन ताक उनि आफ्नो सहर टोहानाका प्रसिद्ध समाज सेवक ब्याक्तित्व थिए।त्यो ठाउमा पुलिस प्रसाशन समेतले मणिया सँग नसोधेर काम गर्दैन थिए।त्यो पावर उन्लाई त्यहांका जनताले दिएका थिए।जनताहरूको सुख दुःखका साथि बन्न सफल भयका ब्याक्ति जज मडियालाई जव उनि राजनीतिमा आए त्यसपछि त्यँहाका जनताहरू पनि बांटिए पछि उन्ले जित्न त जिते तर पार्टी एक पछि आर्को गर्दै बद्लन थाले र जनताको नजरबाट खस्दै गए।जनता भनेकै सर्वशक्तिमान हुन्छन।अहिले बालेनलाई अघात मायां गर्ने जनताले बालेन थोरै बिचलित भएभने त्यसपछि पनि समर्थन गर्लान भन्नु गलत ठमाईहो।धरानमा जितेका स्वतन्त्र उमिदवारले सुरू देखून अहिले सम्म धरानका जनता र देशप्रतिको भावनालाई वेलावेलामा झल्काउँदै आएकाछन उनि काममा जोडिएकाछन जनता सँग नङ मासुको सम्बन्द बनाएका ब्याक्तित्व मात्र सफल हुन सक्छन।उनि सँग अन्य स्वतन्त्र उमिदवारको तुलना गर्ने ठाउँछैन जेहवस समयले त्यसबारे प्रष्ट पार्दै लैजानेछ।
अहिले रवी लामिछानेले पार्टी खोल्दा बित्तिकै बाट बिवादमा फस्दै जानुमा उन्को स्वतन्त्र पार्टी बाट राजनीति सुरूगरेकोमा बढि बिवाद हुनथालेकोछ कयौंले पार्टीको नाम स्वतन्त्र राख्न नहुँने समेत बताएकाछन।हामिले रवीको पार्टीलाई भन्दा रवीलाई राजनीतिमा आएकोमा बधाई दिन चाहान्छौँ।साथै एउटा प्रख्यात ब्याक्तित्वले समाज सवेक र देशभक्तको आफ्नो छविलाई सत्ता मोहमा बद्नामी नहोस् भन्ने कामना गर्दछौँ।पत्रकारिता र राजनीति एउटै होइन समाज सेवक र राजनीति पनि फरक हो।जेहोस् जुन सुकै नामदिएर पार्टी बनाएपनि जनताको समस्य खुद जनताको आन्दोलन बाट मात्र हल हुनेछ।
अहिले देशमा भ्रष्टचार मौलाउँदै गएको वेला सबै देशभक्त न्यायप्रेमीहरूको कर्तव्य देशको आमूल परिवर्तन तर्फ हुनुपर्छ।देशमा प्रतिगमनको खतरा बढ्दै गयको अबस्थामा गणतन्त्रको रक्षा गर्दै जानुपर्छ।अहिले साम्राज्यधादले नाङ्गो हस्तक्षेप गर्दै आएकोछ संहद बाट एमसीसी पारित भयपछि अमेरिकी साम्राज्यवादले एस पी पी सम्झौता अगाडी सारेकोछ त्यो सबैको भण्डा फोर्ड गर्दै देशलाई अखण्डित राख्न संघियता समेतको खारेजी अनिवार्य गर्नुपर्दछ।एउटा सानो भुपरिबेष्ठित देशलाई संघियतामा लगेर सात प्रदेश बनाउनाले देशले आर्थिक सङ्कट खेप्नुपरेको अबस्थामा यो नयाँ स्वतन्त्र राजनीतिक पार्टीले आफ्नो राष्ट्रिय र अन्तरराष्ट्रिय लाइनलाई हेर्ने दृष्टीकोण पनि सार्वजनिक गर्दै जावस।रवी लामिछानेको स्वतन्त्र पार्टीहो वा सत्ता मोह त्यो आउने दिनहरूमा प्रस्ट हुंदैजानेछ।