शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • स्वामिकार्तिक खापर
  • शुदुरपश्चिम सरकारले मुक्तिकोटको कुपोषण न्युनिकरणमा शुन्य, मन्दिरमा करोडौ बजेट

शुदुरपश्चिम सरकारले मुक्तिकोटको कुपोषण न्युनिकरणमा शुन्य, मन्दिरमा करोडौ बजेट

  • बुधबार, असार ८, २०७९
शुदुरपश्चिम सरकारले मुक्तिकोटको कुपोषण न्युनिकरणमा शुन्य, मन्दिरमा करोडौ बजेट

जंग रावल — स्वामीकार्तिक खापर गाउँपालिका १ मुक्तिकोट बस्ने बाटुल्ली बिकको एक महिनाको बच्चा दुईसाता पहिला कुपोषणका कारण मृत्यु भयो । आमा र बच्चा दुबै कुपोषण अबस्थामा रहेका थिए, बच्चालाइ मार्तडी रिफर गर्ने तयारी थियौ, मार्तडी लिन नपाउदै मृत्यु भएको मुक्तिकोट आधारभुत स्वास्थ्य चौकीले जनाएको छ ।
बच्चा कडा कुपोषणमा थियो, आमालाई पनि कुपोषण थियो । आमा बाट दुध राम्रो सँगै पनि आउदैनन् थिए, कुपोषणका कारणले बच्चाको मृत्यु भएको स्वास्थ्य चौकिका ईन्चार्ज उमेश शाहिले वताए । कुपोषणका कारणले असार यता ९ जना शिशु तथा वालवालिकाको मृत्यु समेत भइसकेको पालिकाले वताएको छ ।
मुक्तिकोटमा कुपोषणले बर्षेनी बालवालिकाको मृत्यु भइरहेपनि शुदुरपश्चिम प्रदेश सरकारले आर्थिक बर्ष ०७९।०८० का लागि शुन्य बजेट छुट्याएको पाइएको छ । मुक्तिकोटको कुपोषण न्युनिकरण तथा स्वास्थ्यको लागि शुन्य छुट्याउने प्रदेश सरकारले बाजुरामा मात्र मन्दिर र पदमार्गका नाममा करोडौ बजेट छुट्याएको पाईएको छ ।
जिल्लाभरी मन्दिर र पदमार्ग गरेर २५ योजना रहेका छन् । २५ योजनाका लागि २ करोड १७ लाख बिनियोजन गरेको पाइएएको छ । मन्दिर निर्माणका लागि मात्र १ करोड छुट्याइएको पाईएको छ । जसमा १३ वटा योजना मन्दिर निर्माण मात्र रहेका छन् ।
मन्दिरमा करोडौ बजेट बिनियोजन गरेको शुदुरपश्चिम सरकारले मुक्तिकोटको कुपोषणा न्युनिकरण शुन्य बजेट छुट्याउनुले सरकारले पनि व्यवस्ता गरेको नागरिक अगुवा लक्ष्मिराज पाध्यायले वताएका छन् । मुक्तिकोट गाउँमा निकै कुपोषणको भयावह अबस्था छ, राज्य भने बेखबर बनेको पाध्याले वताए । शुदुरपश्चिम प्रदेश सरकारले २ सय ९४ मन्दिर बनाउन २३ करोड २१ लाख विनियोजन गरेको गरेको छ । अभाब र गरिबिको चपेटामा परेको मुक्तिकोटमा शुन्य रहेको छ ।
गाउँपालिका अनुसार मुक्तिकोट गाउँका ३ सय ८ परिवारमा निकै कुपोषण दर रहेको स्वामिकार्तिक खापर गाउँपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत पारस बहादुर शाहीले वताएका छन् । स्वास्थ्यकर्मी टोली गाउँमा पुगेर चेकजाँच गर्दा ३ सय ४३ जना कुपोषित रहेको गाउँपालिकाले जनाएको छ । जसमा २३ जना भने कडा कुपोषण र ५५ जना मध्यम कुपोषणको चपेटामा रहेको पाईएको हो ।
२ सय ४३ जना प्रजनन आमालाई मध्ये २९ जना अति कुपोषित र ७१ जना मध्यम कुपोषित रहेको पालिकाका सुचना अधिकारी कुबेर बहादुर शाहिले वताएका छन् । त्यस्तै १० देखी १४ बर्ष सम्मका किशोर र किशोरीलाई जाँच गर्दा १२ जना अति कुपोषित, ५३ जना मध्यम र ५६ जना सामान्य कुपोषित रहेको स्वास्थ्यकर्मीले वताएका छन् । १५ बर्ष देखी १९ बर्षका किशोर र किशोरीलाई जाँच गर्दा २ जना अति कुपोषित, ३० जना मध्यम, २९ जना सामान्य कुपोषित रहेको पाईएको हो ।
स्वास्थ्य कार्यलय बाजुराका अनुसार मुक्तिकोटमा ४१ प्रतिशत कुपोषित बालवालिका रहेको वताएका छन् । मुक्तिकोटमा उच्च प्रजनन दर, उच्च बाल मृत्यु दर, परिवार नियोजन को साधन को प्रयोग न्यून रहेको स्वास्थ्य कार्यलय बाजुराले जनाएको छ । गाँउमा कुुपोषणका कारणले बर्षेनी वालवालिकाको मृत्युु हुने गरेको छ । त्यहाका नागरिकलाइ बच्चा मर्ने त सामान्य झै भएको छ । खान लगाउन राम्रो सँग नपाउने त्यहाँ बासिन्दा बालबालिका, गर्भवति महिला चरम कुपोषणको मारमा परेका छन् । धेरै बच्चा हरु अहिले कुुपोषणका कारणले जिवनमरणको दोसाधमा रहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार