बिहिबार, मंसिर २०, २०८१

नयाँ दौर!

  • बुधबार, असार ८, २०७९
नयाँ दौर!

सुरेशकुमार पान्डे — म सानैमा परदेश पुगेको थिएं त्यो वेला बाल्यकालमा फिलम हरकसैलाई राम्रो लाग्छ।अंझ म जस्तो बालख जस्ले एउटा टेलिविजन समेत न देखेको लाई त झनै नौलो लाग्थ्यो।त्यो बेलामा धेरै जसो चलचित्र श्र्वंत(ब्लायक एण्ड ह्वाइट)हुन्थे।
मैलाई त्यो वेला एउटा हिंदी चलचित्र “नयाँ दौर”हेर्ने मौका मिल्यो चलचित्र श्र्वंत्त थियो तर धेरै राम्रो लाग्यो।त्यो वेला बाल बुद्धीमा फिलमले के भन्नखोजेको हो भनेर ठ्याक्कै पार्न नसकेपनी पछि पछि चलचित्रमा जो कहानी थियो त्यो एक प्रकारको सदाबहार थियो भनेर बुझ्दै गएं भन्दापनि फरक पर्दैन।कुनैपनी समयमा आएको बिकासले ठुलो नोक्सान पनि गर्छ त्यो वेलाको फिलमको कहानी यस्तै यस्तैमा आधारितछ।भारत जस्तो मुलुक जसले लामू समय सम्म गुलामी झेलेको थियो सन १९४७मा आजाद भयपछिका थुप्रै फिलमहरू देशभक्ती क्रान्तिकारी र सामाजिक बिभेदका बिरूद्ध,जातिय छुवाछुत र अंग्रेजी साशनकालका कयौं घटनाहरूलाई समेटेर बनाएको भेट्टिन्छन।
त्यस्तै यो फिलम पनि पुंजिपती र गरिब बिचको पर्खाललाई लिएर कथाकारले खुबै मिहेनत गरेर लेखेको होलान भन्ने बारे फिलम हेरेपछि थाहा हुन्छ।फिलम धार्मिक पनिछ सामाजिक पनिछ र क्रान्तिकारी पनिछ।
टांगा चलाएर खुसी सँग गुजारा गरेको एउटा बस्तिमा जब मोटर गाडी आउँछ त्यसपछिको समस्या फिलमको कथामा गहिरो सँग र सरल तरिकाले बनाएको फिलमले मानव समाजलाई एउटा गज्जबको संदेश दिएको थियो।
जब एउटा मोटर(टेक्सी)बस्तिमा आउँछ त्यो आएपछी टांगालाई सवारी मिल्न छाड्छ एउटा टेक्सीले कयौं टांगावालाको घरमा अनिकाल पैदा गर्छ।त्यस पछि टांगावालाले टेक्सी भन्दा अगाडी पुग्ने बाटो खन्छन बिचमा आएको एउटा ठुलो नालामा पुल बनाउँन पर्ने हुन्छ त्यँहा काठका खांबा गाडेर काठकै फल्ले तैयार पारेर टांगा गुड्न सक्ने एउटा पुल पनि निर्माण गर्छन।
जुन वेला टेक्सी र टांगाको बिचमा रेस चलेको हुन्छ एकजना टागां चलाउनेवालालेनै आफ्नो ब्याक्तिगत रिस निकाल्न त्यो पुलको मूल खांबोलाईनै आराले काटिदिन्छ।रेस चलेकै वेला जब आफ्नो गलतिको ऐसाश हुन्छ अनि आप्नो पराणको बाजि लगाएर आफ्नो कांध थापेर त्यो पुल बाट टांगालाई पार गराउँदा त्यो आफै पनि घायल हुन्छ।
यो त भयो त्यो चलचित्रको कथा।तर यसबाट दिएको संदेश अहिले पनि तरोताजा छ।फिलम को त्यो वेलाको उदेश्य थियो टांगावालाहरूको बिचमा अलिकती पैसावालाले मोटर चलाई दिएपछि टांगामा को बस्छ?मोटरले टांगा भन्दा छिटो पुराउँथ्यो जव मोटर चल्न थाल्यो पहिले भन्दा आधा रेटमा पनि कुनै सवारी बस्न मानेनन् यो अबस्थामा टांगा वालाले कुनै विक्लव खोज्नै पर्ने भयो त्यसकारण उनिहरूले मोटर भन्दा चांडी पुराउँने (सट्काट)छोंटो बाटोको निर्माण गर्नुपय्रो।मोटर भन्दा पहिले टांगा ले पुराउँने भयपछि आफ्नो अस्तित्व बरकरार रहन सक्थ्यो।यसबाट हामिले नबुझी नहुने कुरा केहो भने हामीले आउंने समस्यबाट तैयर रहन सिक्नुपर्छ।
बजारमा एउटा राम्रो थोक रेटको जनरल स्टोर खुल्यो भने त्यसमा बजार भन्दा सस्तो चिज एउटै छानाको आस्न सबै समान मिल्यो भने आम मान्छेको लागि त्यो बिकास भयको जस्तो देखिन्छ तर त्यो जनरल स्टोरले गर्दा हजारौं दोकानहरूको रोजगार समाप्त हुन्छ।फिलमको कथा बाट आजपनि मुख्य रूपमा उपरोक्त कुरा फिट हुन्छ।त्यसमा एउटा कुरा दुश्मनलाई जिताउँनमा आफ्नै मान्छेको हात हुन सक्छ भन्ने बारेपनि राम्रै गरि पष्टाइएकोछ।कहिले कसो आंखाले देखेको पनि गलत हुन सक्छ भनेर बताएकोछ र आफ्नै जिग्रि दोस्त पनि महिंला सँगको एक तर्फिए प्रेममा जानि दुश्मन हुन सक्छन भनेर पनि शिक्षा दिएकोछ।यो चलचित्र हेर्दा धेरै शिक्षाहरू मिल्छन भन्ने कुरा मलाई अलि पछि याद आयो।
त्यो वेला मनोरञ्जनको लागी हेरेको चलचित्रले मलाई पाइलै पछि शिक्षा दिंदै आएकोछ।
त्यो एउटा दौर थियो तर त्यो दौर मात्र त्यंही सिमित छैन।एउटा कम्पाइन आयो धेरै मानिसको रोजगार खोस्यो,जेसि वी आयो दश जनाले एक हप्ता गर्ने काम एकदिनमै गरिदिन्छ वास्तबमा बिकाश त भयो तर बिनाश पनि बढेकोछ।सहि समयमा त्यो सहि ठाउँमा प्रयोग गरिन्छ भने त्यो बिकासले फाइदा पनि गर्छ तर त्यो भद्रगोल प्रयोग गरिन्छ भने त्यसले बिनास पनि गर्छ।
अब श्रमजिवीहरूले काम पाउँन छाडेकाछन मजदुरहरूको साइट मिसिनिकरण भयो।अब आम मानिसलाई लाग्छ बिकास खुब भयकोछ तर उनिहरूले त्यो बिकासले फैलाएको बिनासलाई देख्न सकिराखेका छैनन् अहिले देशमा निजी करण र ठेकेदारी प्रथालाई बढी प्राथमिकता दिएकाछन सुख भोगी कर्मचारीहरूले काम गर्न नपर्दा ठिकैछ राम्रो भयो पनि भन्छन तर त्यसको नकारत्मक परिणाम देख्दैनन।
देशमा कृषि क्रान्तिको आधारभूत आबस्याकताछ तर आफ्नै बर्गले थोरै स्वार्थका लागी त्यसैको छत र छांयामा बसेर जरो काट्न थालेकाछन।यो समाजमा आएको नकारत्मक नयाँ दौरहो अहिलेको पुंजिवादी युगमा मानिस भित्रको मान्छे छुमन्त्र भयो र त्यो भित्र रोबट घुस्यो।सबै क्यामपुटरराईज हुनथाल्यो अब मानिस भित्रको त्यो मानवतावादी दृष्टीकोणको ठाउमा पुंजीवादी दृष्टीकोण भरिएकोछ।अहिले निजी स्वार्थका लागि वा पद प्रतिष्ठा सुख सुबिधाको लागी सबैथोक दाउंमा लगाईएकोछ यंहा सम्म नाता कुटुम्बा सबैलाई घाटा र नाफाको तराजूमा जोख्न थालेकाछन।अहिलेको नयाँ दौरले गलत दिशा समातेको त्यँहा बाट आभाश हुन्छ।
जब विस्वमा मसिनले श्रमजिवीको रोजगार खोस्न थाल्यो त्यसपछि बिस्तारै मजदुर भर्ग सडकमा आउँन थाल्यो।पुंजिवादले साम्राज्यवादी बाटो छोपेपछि आम जनजिवन त्यही कोलमा पिसिंदैजान्छ।परिवर्तन हुनु स्वभाबिक हो तर परिवर्तनको साथ रोजगारको ब्यबस्था पनि सरकारले गर्नुपर्छ।उपरोक्त कथाले दिएको शिक्षा मुख्य रूपमा मानिसले हार्नुका कारण आफ्नै बर्गका मानिसले गरेको गद्धारी पनि प्रमुखहो,आफ्नै आंखाले देखेको पनि कहिले कांही गलत हुन सक्छ र मानिसले आई परेको समस्या सँग जुझन सक्ने क्षामताको बिकास गरेर आफुलाई तैयार पार्नुपर्छ।हिंजो सिकेको सधैलाई एउटा शिक्षा त हुनसक्छ छर सधै नयाँ नयाँ शिक्षा थप्दै जाने परिस्थिती पैदाहुन्छ प्राकृती समाजमा दिनौ हुने घटनाको दिनौ प्रतिवाद ब्याख्या बिष्लेषण गर्न सक्ने उर्जा वा क्षामताको बिकास गरेर मात्र हामिले आफुलाई सहि दिशा तर्फ डोराउन सक्नेछौ त्यसकारण मानिस सधैका लागी प्राकृतिक र समाजको बिध्यार्थी नै हो भन्ने प्रष्ट हुन्छ।

चर्चामा

सम्बन्धित समाचार