बाजुरा — लागु औषध चरेश मुद्धाका फरार रहेका एक जना प्रकाउ परेका छन । पक्राउ पर्नेमा फरार रहेको प्रतिवादी जिल्ला बाजुरा, गौमुल गाँउपालिका वडा नं.१ बस्ने बर्ष ३६ को राम बहादुर बोहरा रहेका छन । उनलाई सदरमुकाम मार्तडी वडा न ९ बाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
बाजुरा जिल्ला अदालत, बाजुराबाट मिति २०७७ चैत्र २४ गतेको फैसलाले लागु औषध (चरेश) मुद्दामा ५ महिना ०२ दिन कैद र दुई हजार जरिवाना हुने ठहरी फैसला भएको थियो । अदालतले निज प्रतिवादीलाई सजाय भुक्तानको लागी जिल्ला कारागार बाजुरामा पठाईएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।