शुक्रबार, पुस २६, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • भ्रमजाल च्यात्नु पर्छ!

भ्रमजाल च्यात्नु पर्छ!

  • मङ्लबार, असार ७, २०७९
भ्रमजाल च्यात्नु पर्छ!

सुरेशकुमार पान्डे — देशका जनताले कहिले सम्म राजनीतिक दलहरूले दिएको भ्रमजालमा अलमल्लिने?आखिर जनतालाई सत्य तथ्य किन बताइदैन?सरकारी सांढले बिदेश गएर असमान सन्धि र सम्झौता गर्छन अनि देशमा फर्केर झुठ बोल्छन यो परमपरा चल्दै आएकोछ।अहिले संसदबाट एम सीसी लाई पारित गरिसकेपछी लगातै एस पीपीको पनि हाम्रो देश साझेदारी बन्ने कुराहरू आएकाछन।
एस पीपीको बिषय भाहिर आएदेखून त्यसको बिरोधमा देशका बिभिन्न राजनीतिक पार्टीहरूले आवाज उठाउँन थालेकै वेला नेपाल एस पीपीको साझेदारी सन२०१९मै भैसकेको खुलेकोछ।नेपाल स्थित अमेरिकी राजदुतले नेपाल सन २०१९मै एसपीपीको साझेदारी भयको खुलासा गरेको समाचार आएकोछ।
त्यो कुरा अमेरिकी नेश्नल गार्डको वेवसाइटमा पनि स्मपष्ट उल्लेख भएकोछ।अमेरिकी दुतावासका उच्च अधिकारी म्यानुअल पि मि कालरले हालै जारिगरेको प्रेस नोटमा नेपालले एस पीपीमा आबद्ध हुन दुइपल्ट सन२०१५र सन२०१७मा र उक्त प्रस्ताबलाइ सन२०१९मास्विकृत गरिसकेको कुरा प्रष्ट पारेकोछ त्यो वेला केपी ओलि प्रधान मन्त्री र इश्वर पोख्रेल रक्षा मन्त्री थिए भने नेपाली सेनाको तर्फ बाट प्रधान सेनापतीमा राजेन्द्र क्षेत्री थिए।
अमेरिकी अधिकारीहरूले नेपाललाई एस पीपीको अंग भैसकेको बताएपनि सरकारले जनतालाई अलमल्लाउँने काम गर्दै आएकोछ।
सरकारी तर्फ बाट यो झुठहो र सरकारलाई बद्नाम गर्ने प्रयात्न गरिएकोछ भन्ने गरेकोछ तर निवर्तमान रक्षामन्त्री समेत रहेका कांग्रेस नेता मिनेन्द्र रिजालले भने केही समय अंघी सञ्चार माध्यायमा बाट एमसीसी पारित भयपछि अब एस पीपी पनि पारित हुने जस्ता कुरा उठाएका थिए।
वास्तबिक रूपमा बिगत देखी बर्तमान सम्म बहुदल भित्रका सरकारले जनतामा झुठको खेती गर्दै आएकाछन।पहिले अन्तरिम सरकारका प्रधान मन्त्री कृष्णप्रसाद भट्टराई ले पनि भारतमा गएर हेलिकप्टर लिएर आए,त्यसपछि गिरिजा प्रसाद कोइरालाले भारतको भर्मण गर्दा टनक पुरको बिषयलाई लिएर जनता मात्रै होइन आफ्नै पार्टी समेतलाई भ्रम दिएका थिए त्यो टनकपुर सन्धिले पछि एमाले समेतालाई दुइ फ्याक पारेको थियो।केपी सर्मा ओली सुरू देखिनै बिदेशको दलाली गर्नमा माहिंर हुन उनैको रोवरमा टनकपुर परियोजनालाई भारतमा दिइयो।
बिगत २०१७मा एम सीसीलाई पारित गराएका एकिकृत माओवादीका प्रचण्ड र शेरबहादुर देउपाले नेपाली जनता सँग झुठ बोल्दै आएका थिए।देशभित्र जुन सुकै पार्टीको सरकार भएपनि कसैलाई जानकारी नगराई असमान सन्धि र सम्झौता गरेर देशलाई भड्खारामा लैजाने काम गर्दै आएको सबैको सामुन्नेछ।एमसीसीको जस लिनलाई के पि शर्मा ओलिले दुई तिहाईको सरकारलाई बिघटन गरेका थिए।उन्ले भारत र देशिय सामन्तहरू र विस्व हिंन्दु परिषद सँगको सहयोगमा देशलाई हिन्दु धर्म तिर डोराउँनै खोजेको वेलामा सर्वोच्चले परमादेश जारिगरेर अपदस्त गरेको थियो।अहिलेको बिवादित एस पी पी समेत उनैको पालामा परित भएको खुलास्त भयकोछ।
अमेरिकन एस पिपीको योजना पूर्व सोभियत संघको सन१९९१मा टुक्रिएर बनेका सदस्य राष्ट्रहरूलाई आफ्नो सैन्य संगठनमा आबद्ध गराउँने योजना अनुसार अमेरिकाले एस पीपीको अवधारण अंघि सारेको थियो जसले २५बर्षमा८५ सदस्य राष्ट्र सहित९३देशलाई जोडिसकेकोछ।नेपाल सहित श्रीलंका र मालदिव्स समेतलाई जोडेको पनि जनाएकोछ।सवाल के सरकार द्वारा पारित भएको बिषयको बारेमा जनतामा झुठ बोलेर पारित भएको बिषयलाई लिएर जनतालाई आन्दोलन गर्न लगाएर उनिहरूलाई मराएर आखिर सरकार र यि राजनीति दलहरूलाई के मिल्छ?उनिहरूको गलत नीतिको परिणामले देश लाई गम्भिर मोणमा पुराएकोछ।सरकार र सेनाले अमेरिकी दुतावासले भनेको कुरालाई सहिहोइन भन्दै आएका पनिछन।हामिले पनि यो सत्य नहोस् भन्ने कामना गर्न्दै यो कथित सैनिक गठबन्धन एस पीपीलाई पुर्णतःखारेजीको माग गर्दछौं।देशका जनताले सदियौं देखी देशलाई स्वतन्त्र राख्न दिएको बलिदानको सरकारले कदर गरोस् भन्ने हामी चाहान्छौँ।तर लगातार राष्ट्रियता र गणतन्त्रको सवालमा जुनसुकै सरकारले सत्ता चलाएपनि बिदेशीको गोटी बन्दै आएको इतिहाश हाम्रो सामुन्य छर्लङ्गैछ।
आखिर कहिले सम्म यो देशका नागरिकहरूले भ्रमजालको सिकार बन्दै जाने अब हामिले जुनसुकैको सरकार भएपनि जनतामा आइपर्ने तमाम भ्रमजाल च्यातेर अगाडी बढ्नुपर्छ।

चर्चामा

सम्बन्धित समाचार