शुक्रबार, पुस २६, २०८१

“साथी”

  • मङ्लबार, असार ७, २०७९
“साथी”

तारा सोमरे हिसार (भारत)

हिजो सम्म हामी एक हौं भन्दै हिड्ने साथी,
आज किन बिरानो हुँदै छौं।।
एउटा थालमा भात खान्थ्यौं,
आज किन भट्टे सराप, गाली गर्दै हिडदै छौ।।

संगै झोला बोकि देखेका सपनाहरु,
यात्राका ती रमाईला दिनहरु,
भोकै, प्यासैमा गर्दै उकाली ओराली,
चौपारी बसि गुनगुनाउँने जनवादी गितहरु।।

किन भुलेउँ तिमिले विगतलाई ?
सर्वहारा वर्गका मुक्तिका नारालाई।।
पाउने भनेर हिडेको हैन केही,
फेरिपनी सबै कुरा किन बिर्सि दियौ।।

यात्रालाई बिचैमा समाप्त गर्ने,
निर्णय आफ्नै थियो, तिम्रो !
किन दोष दिदैछौ नेतृत्व लाई,
कसले रोकेछ कार्यगर्न संगठनमा आई।।

गल्ती गरेउँ म भन्दिन तिम्रो भुल थियो,
यहीँ यात्राले तिम्रो परिचय बनाई दियौ।।
आज तिमी के गर्दै छौ,
आत्मचिन्तन गर,
विगतका दिनहरुलाई स्मरण गरि हाम्रै साथी बन।।

यात्रा गर्दा भोकोपेट मा खाना मागेनौ,
कल कल प्यास लाग्दा पानी पिएनौं,
फेरि पनि कति हाँसेर यात्रा गरेउँ,
सबै बिर्सी आफ्नो स्वार्थमा हाम्रो साथ छोडेउँ।।

यात्रालाई छोड्ने तिम्रो स्वतन्त्रता हो ,
सबै बिर्सदै छौं किन सर्वहारा दृष्टिकोण जो,
आफ्नो निर्णयलाई आफै स्वीकार ,
तर नयाँ यात्रा गर्दैमा विगतलाई गालिनगर।।

जसरी तिमी प्रस्तुत हुँदै,
आफ्नैक्षपरिचय दिएका छौं,
आफैले गर्ने कार्यलाइ आफै गलत मानेका छौँ ।
भोलि त्यहीँ बाँटोमा फर्किनु विकल्प छैन,
एकचोटि पुन तिमी आत्ममन्थन गर।।

भट्टे सराप, नेतृत्वलाई गाली नगर बरु,
राम्रो यात्रा खोजी निस्केका राम्रै गर।
गयौं बाटो बिराई अगाडी बढ्दै जाउँ ।।

नभए पनि तिमी हाम्रो साथमा हिडेको,
हिजोका सपना, नारा , सँगै गरेको यात्रा सम्झ,
यदि सम्झेनौ भने पनि
हामी भन्छौ तिम्रो, उज्ज्वल भविष्यको शुभकामना ।।

चर्चामा

सम्बन्धित समाचार