अक्सर हार्नेहरूकै जित हुन्छ भन्छन्,
आफ्नो प्रछाईं मात्र मित हुन्छ भन्छन्।
मिलेर लडेपछि त गनतब्य मा पुगौंला,
साझा शंघर्ष सबैको हित हुन्छ भन्छन्।
कलाकारहरू प्राकृतिक बाट धेरै सिके,
झरनाकैपनि मिठो सङ्गित हुन्छ भन्छन।
लड्नेलडे सत्तामा बिराजमान अर्कैभए,
मर्ने र मार्नेको पनि त रित हुन्छ भन्छन्।
गरिब मरेकाछन देश र जनताकै लागि,
नाम शहिदी मा अङ्कित हुन्छ भन्छन।
बिगत बर्तमानलाई नियाल्दा भविश्यमा,
चर्को बोल्ने नै छिट्टै पतित हुन्छ भन्छन्।
सुरेशकुमार पान्डे।