सब कानो छ यहाँ
त्यसैले त छ परिवर्तन यहाँ
त्यो पोखरी बनाएकोमा पुग्दा
आँखा देख्दैन र पो कागज खोज्छ
कागज हेर्दा त देख्छ
र पो प्रमाणित गर्छ ।
कति फूल नफक्रिदै मुनामै चुँडिदा
चुड्नेलाई देख्दैन र पो मालिलाई देख्छ
भन्छ भाँच्ने हरायो
कार्वाहीमा मालिलाई देख्छ ।।
त्यो ठूलो शहरमा
नाराबाजी गरेको देख्दैन मात्र सुन्छ
र नियमका कागज पल्टाउँदा देख्छ
अनि निर्दोषलाई दोषीमा देख्छ ।।।
त्यो आफ्नो घरमा कलह भएको देख्दैन
र समाज परिवर्तनको भाषणमा न्याय देख्छ
त्यो गाउँमा जाँदा अनुहार देख्दैन
र पो भाषणमा हामी एकै हौँ भन्छ र देख्छ
त सब कानो छ यहाँ
त्यसैले त छ परिवर्तन यहाँ।।।।