सुरेशकुमार पान्डे — देशभित्र भर्खर बहुदल आएको थियो नयां नयां राजीनि भयकोले त्यो वेला प्रगतिसिल बिचार सुन्ने सुनाउँनेको एउटा दौर पनि थियो।कतिपय साथिहरूले धारापानी मा बोलाएका थिए शेशमणिहरू लाई शेष मणिले केही साथिहरू लिएर रामका घर पुगे रामको घर धारापानी गाउँ भन्दा अलि पहिलैई बोटोमै पर्दथ्यो।राम केही मैन पहिले किसान सँगमा सामिल भयका थिए।उनि पुराना पञ्चपनि हुन तर बहुदल आएपछि उनि कांग्रेसमा समालि थिए पछि उनि किसान सँगमा आबद्ध भएका थिए।
शेष मणिले पहिले उनैका घर साथिहरूलाई लिएर पुग्यो सांझ भर्खर गाई बन बाट चरेर घर पुगेका थिए भनौ गाई बान्ने वेला भएको थियो,शेषमणि लगायत उनिहरू सबै रामका घर पुगेर भर्खर दलानमा बसेका थिए सञ्चो बिसञ्च सोधपुच हुंदैथियो।रामकी श्रिमतीले बाल्टिमा दुद लिएर भित्र पसिन!आहा भैंसी त लैनो रहिछ आज खिर खानुपर्छ! दुदको बाल्टी तिर नियाल्दै शेशमणीले ठट्टा गर्छ! शेषमणी अलि चञ्चल स्वभावको थियो।शेषमणिको कुरा सुनेर रामले आफ्ना दांतले जिब्रो टोक्छन!के भयो राम जी किन हो जिब्रो टोकेको खिर खान दिनुपर्छ भनेर हो की क्या हो?मदनले ब्यांग्य कस्छन!परिवारका कुनैपनि सदस्य नि शब्द थिए अलि बेर घरमा सुनसान हुन्छ कुनैपनि बोल्दैनन् एकले आर्काको अनुहार नियाल्छन मात्र।
ओहो खिर खाने त परैको कुराहो पकाउँ भन्दा पनि हाम्रा भैंसी रूख चड्छन!अलिबेर मोनता पछि रामले भन्छन!यो सुनेर सबैले एक आर्काको अनुहारमा नियांल्न थाल्छन।के भनेको यो?बाख्रा त डाले घांस पुग्न ढिक बाट रूखमा खुट्टा टेकेर घांस खाएको देखिन्छ तर भैंशी रूख चढेको त हामीले कहिले सुनेका छैनौ!शेषमणीले फेरी मुस्कुराउँदै भन्छ।बसेका जती गिललल हांस्छन यो देखेर
हाम्रो घरमा खिर पकाउँने कुरा भयो भने त भैंसी रूख चढीहाल्छ!रामले फेरी उनैकुरा दोराए।
अलिबेर सम्म तिनै का बिचारमा त्यँहा छलफल भयो त्यती वेला क्लासमा पनि यस्तै बुजुर्वा रूढीवादी बिचारका प्रश्नहरू आउँने गर्थे।खास गरेर धार्मिक,जातीय छुवाछुत,भूतप्रेत,धामी झांक्रि र बोक्सी आदीका कुराहरू त्यो वेला खुबै हुन्थे।
यसो गरे कसोहोला राम जी?शेषमणिले सोध्छन! भन्नुस हजूर’रामले भन्छन!तपाँई ले आज खिर पकाउँनुस यदी भैंसी रूख चढेछ भने मैले भैंसीको मूल्य दिन्छु मुल्य गरौं हुँन्न?शेषमणिले भन्छ।मैले यो भैंसीको दश हजार दिंदा पनि दिएको होइन हजूरलाई दशहजारनै भयो!रामले शेषमणी तिर हेर्दै भन्छन।त्यो वेला दश हजार भन्नु धेरै महंगो हो।
ठिकैछ भैंसीलाई केही भै हाल्यो भने मैले हजूरलाई दश हजार दिन्छु!शेष मणिले भन्यो।त्यो त ठिकैहो यदी म पागल भएं भने केहोला?रामले प्रश्न राखे!त्यसो होभने त कुरा गर्नै भैन किन भने आत्मबल बलियो छैनभने तपांईलाई लाग्ला मैले गलती गरें त्यही चिन्ताले हजूरलाई पागल गराउँन सक्छ!आर्का एकजना रोमले भने।
होइन सर मेरो आत्म बल मजबुतछ मलाई केही भयो भने तपांईहरूलाई दोश दिंदैन तर भैंसी शुरक्षित हुनुपर्यो!रामले भने उंहाकी श्रिमतीले चिया पकाएर दलानमा ल्याईन सबैले चिया पनि थाले।
राम भण्डारी थरका थिए उनिहरूले खिर पकाउँने चलन थिएन तर उनि कम्युनिष्ट पार्टीका समर्थक भयको हुनाले यो छलफल चलेको थियो।राम जी धेरै अबेरा भयो हामिलाई धारापानीमा एउटा कार्यक्रममा जानुछ भोली बिहान यही बाटो आउँला भन्दै बिदा लिएर सबै तल झरे।
त्यँहा पनि रातै भरी यस्तै जात धर्म र बुजुर्वा सँस्कारको बारेमा छलफल चलेको थियो राती एक छिनपनि नसुतेर जागैबसी रात गयो।बिहान घाम नझुल्कींदै चिया पनि नपिएर त्यँहा बाट रामको घर तर्फ लागे।धारपानी बाट ठाडो उक्कालो थियो माथी पुग्दा घाम झुल्कियो।रामको घर पुगेर चिया नास्ता गर्ने बिचारमा उनिहरू अलि छिट्टै निस्केका हुन तर बारीमा पुग्दा रामको गोठमा धेरै मान्छे देखेर शेषमणि लगायत रोम ,मदन र अन्य साथिका हात खुट्टा अगाडी सरेनन् उनिहरूले एकछिन बारीको ढिकबाट माथि गोठ तिर नियांले आखिर किन त्यँहा मान्छे जम्मा भयका थिए त्यो भने बुझ्न सकिनन्।हतपत उनिहरू हिंड्दै एकछिन पछी उनिहरू पनि गोठमा पुगे त्यँहा पुगेपछी त्यँहाको अबस्था देख्दा हात खुट्टा चिसाभय परिवारका सबै सदस्यहरूको नजर शेषमणिको अनुहार तिर थियो रामका आंखा राता राता थिए मानौ सबैको मनमा शेषमणिनै गुनेगार थिए र उनै प्रती प्रश्न तेर्छिएको थियो।
कुलकुलानी लागेका रहिछन घरमा कुनै बिल्टो परेको हुन सक्छ!त्यँहा आएर आंखर हेर्ने एकजना झांक्रीले भन्यो।
गोठ भित्र भैंसीको अबस्था अत्यान्तै नाजुक र दयानिय थियो उसले केहीपनि खांदैन थ्यो मुखबाट फिन छोडेको थियो।आखिर केभयो होला?शेषमणिको मनमा बिभिन्न खालका बिचार आउँने जाने गर्न थाले।एक ताउलां दाना बनाएर दिएको नखाएर त्यसै थियो भैंसीले चारै खुट्टा फाल्दै गरेको अबस्थामा सबैको एउटै सोंच थियो भैंशीलाई कुलकुलानी लागेकाछन अब यो बांचदैन हिंजो खिरपकाउँने कुराले त्यो भयको परिवारलाई लागेकोछ तर शेषमणिले भैंसिलाई गम्भिर भयर नियाल्दैछ।
सांझ दिएको घांसमा कतै कांडा त थिएनन्?राम जी!शेषमणिले प्रश्न गर्छ!थिएनन् हजूर पोक्सर दिएको हो खान त!उन्ले भन्छन।शेषमणिले भैंसीलाई सबै ठाउँ नियाल्छ अनि मुखमा हातले बिस्तारै मसार्छ,मसार्ने कर्ममा उसलाई गाला सिम अलि अपठ्यारो लाग्छ।राम जी मकैका घोंघा छन घरमा?शेषमणिले सध्छ!छन भन्दै कौसी बाट एक छोंता मकै लिएर आउँछन।
बिस्तारै भैंसीलाई पोक्सर छोडाएर मुखमा राख्छ तर जिब्राले खेलाएर थुक्छ उस्ले चपाउँन सकेकोछैन।शेषमणिले मकैको घोंगा मुखमा राखेर मुख भित्र हात हालेर चारौं तर्फ घुमाउँछ तर केही मिल्दैन कयौं पटक यस्तै गर्दा बंगारा र छालाको बिचमा केही भयको जस्तो लाग्छ।
मकैको गोंगा फेरी मुख भित्र लगेर आफ्नो हात त्यहा पुराउँछ यसपाली शेषमणिले त्यो कुनै गांठो जस्तो लाग्नेलाई आफ्नै हातले छोपेर भाईर निकाल्दा सबै आचार्य हुन्छन भैंसी जुरूक्कै उठ्छ र आफ्नो नजिक भयको एकताउला दाना कुचरूक्कै खाइसक्छ।
अनि त्यो झोंताको मकै सबै खान्छ।भैंसीको बंगारा र छालाको बिचमा पोक्सरको गांठो पारेको घिस्सिएर ढुंगा जस्तै बनेको थियो।
भैंसी दुरूस्तै भयको देखेपछि त्याे आफुलाई मान्यको लामा भन्ने सुटुक्कै घरतिर खिस्किन्छ अन्य मानिस आ आफ्ना घर जान्छन र घरका सबै सदस्य खुसीले गदगद् हुन्छन।शेषमणिहरूको पनि इज्जत रहन्छ।यति वेर सम्म चिन्तित मलिन भयका सबै अनुहार सुर्यको रातो किरण जस्तै उज्यालो हुन्छ।१९-०६-२०२२,
(नोट यो लघुकथा पहिले पनि लेखेर पोष्ट गरिएकोछ।यस्का पात्रहरू सबै कालपनिक हुन यदी कसैलाई नराम्रो लागेमा क्षामा पार्थि छुँ।)