साइनो कविता नेपाली मनमाटाे खाेस्रेर राेपिएकाे नेपाली वाङ्मयकाे मौलिक उत्पादन हाे । यसकाे सात, आठ र नौ अक्षरी संरचना छ । याे चौबिस अक्षरकाे पूर्ण संरचना हाे । यसकाे संरचनामा नेपाली भाषाकाे लेख्य नियम अनुसार अक्षर,शिरविन्दु,चन्द्रविन्दु,संयुक्त अक्षर र विराम चिन्हहरूकाे प्रयाेग गरिन्छ । कविता भएकोले कविताका तत्त्वहरलाई पनि यसले पछ्याउँछ नै ।
१. खन्चुवा दाउपेच
तानातान अङ्गहरू
सक्रियता छ माकुराकाे !
२. दुइपाङ्रे जीवन
एक्लै पाे दौडिन खाेज्छ
कर्तव्य विमुख वीरता !
३. लुप्त सज्जनहरू
मिचाहाकाे बिगबिगी
तुलाे चढ्दै राजनीतिज्ञ ?
४. याे देखिने रहर
गहना लुगा र जिउ
दाउ छ मन कुँड्याउने ?
५. सकुनिकाे सहारा
धमिरियाे कूटनीति
देशद्राेही छ चालबाजी ?
६. नटेक्ने मेरा खुट्टा
झार पलाकाे पुर्पुराे
मैलो मन, दैभ्युरे कुरा !
७. मागमा छ ध्याउन्न
शून्यबाेध जिम्मेवारी
काँ भेट्नु नैतिक सामर्थ्य ?
८. अर्थहीन बगाल
झ्वाम्म एउटै खाल्डाेमा
हेर, सती गा ! भेडाहरू ?
९. गाेजी-गाेजी एस्पिपि
मुखाले हाे प्रतिकार
रणभूमि बन्ने आँगन ??
१०.भन्नुस् म कस्तो मान्छे ?
शून्य विचार विवेक ?
धूर्ताचार्य सकुनि चाला ?
११. याे स्वाधीन नेपाल
नेपाल, नेपाल रहाेस्
परिणाम घातक नहाेस् !
१२. मन हाे माझे राम्रो
बुद्धि हाे तिखारे राम्रो
मानिस हाे विवेकी राम्रो !
– साइनो पर्वतक-छायादत्त न्यौपाने ‘बगर’