शुक्रबार, पुस १२, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • सुदूरपश्चिम सरकारबाट बाजुराका कुन स्थानीय तहलाई कति बजेट ? (सूचीसहित)

सुदूरपश्चिम सरकारबाट बाजुराका कुन स्थानीय तहलाई कति बजेट ? (सूचीसहित)

  • आइतवार, असार ५, २०७९
सुदूरपश्चिम सरकारबाट बाजुराका कुन स्थानीय तहलाई कति बजेट ? (सूचीसहित)

बाजुरा  —  सुदूरपश्चिम प्रदेश सरकारले स्थानीय तहलाई दिने अनुदान घटाएको छ। आकार बढाएर बजेट ल्याएको प्रदेश सरकारले अन्तर सरकारी हस्तान्तरणबाट स्थानीय तहलाई दिने अनुदान भने घटाएको हो।

असार १ गते प्रदेशसभामा आर्थिक मामिला मन्त्री प्रकाश रावलले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजारको बजेट प्रस्तुत गरेका थिए। अन्तर सरकारी हस्तान्तरणबाट प्रदेशका ८८ वटा स्थानीय तहका लागि भने एक अर्ब ३६ करोड ४० लाख बजेट विनियोजन गरिएको छ।

बाजुराका नौ वटा पालिकामा प्रदेश सरकारबाट आउने अनुदान बजेटमा सबै भन्दा बढी बडिमालिका नगरपालिकामा १ करोड ८८ लाख ६७ हजार। सबैभन्दा कम जगन्नाथ गाउँपालिका ९३ लाख ५४ हजार रहेकाे छ ।

चालु आर्थिक वर्षका लागि प्रदेश सरकारले एक अर्ब ७२ करोड ४५ लाख रुपैयाँ विनियोजन गरेको थियो। प्रदेश सरकारले स्थानीय तहलाई समानिकरण, विशेष र समपुरक अनुदान मात्रै दिँदै आएको छ। कानूनमा स्थानीय तहलाई प्रदेश सरकारले सशर्त अनुदान दिने उल्लेख भए पनि सुदुरपश्चिम सरकारले भने अहिलेसम्म उक्त अनुदानका लागि बजेट विनियोजन गरेको छैन।

No description available.

चर्चामा

सम्बन्धित समाचार