शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • विचित्र संसार
  • ५० घोडा र १ हजार मान्छेलाई दौडमा जितेर विश्व कीर्तिमान

५० घोडा र १ हजार मान्छेलाई दौडमा जितेर विश्व कीर्तिमान

  • आइतवार, असार ५, २०७९
५० घोडा र १ हजार मान्छेलाई दौडमा जितेर विश्व कीर्तिमान

चितुवाको चाल, बाजको नजर र घोडाको दौडमा कहिल्यैपनि नजरअन्दाज गर्नु हुँदैन भन्ने भनाइ नै छ । उसो त घोडा संसारमा तीब्र गतिमा दौडिने जनावरमध्ये एक हो ।

मानिस र घोडाबीच दौड प्रतियोगिता राखियो भने घोडाले नै सहजै जित्न सक्दछ । तर यो संसारमा अपवादको कमी छैन । एकजना यस्ता व्यक्ति छन् जसले दौड प्रतियोगितामा घोडालाई पराजित गरेका छन् । बेलायतका धावक रिकी लाइटफुटले उक्त असम्भव लाग्ने उपलब्धी हासिल गरेका छन् ।

हालै बेलायतको वेल्समा मानिसर घोडाबीच अनौठो दौड प्रतियोगिताको आयोजना गरियो । ३५ किलोमिटर दौडको उक्त प्रतियोगितामा ५० वटा घोडा र १ हजार जना मानिस धावकलाई पराजित गर्दै लाइटफुटले उपाधि हात पारे ।

३७ वर्षका लाइटफुट पेशाले अग्नी नियन्त्रक हुन् । उनले मानिस–घोडा दौड प्रतियोगितामा २ घण्टा २२ मिनेट २३ सेकेण्डमा ३५ किलोमिटर दूरी पूरा गरे । उक्त प्रतियोगिताको दोस्रो स्थानमा लेन हाउस ब्वाय र किम अल्म्यान नामक घोडा रहेका थिए । दुबै घोडाले २ घण्टा २४ मिनेट २४ सेकेण्डमा दूरी पार गरेका थिए । जस अनुसार लाइटफुटले सर्वाधिक तिव्रगतिको घोडाले भन्दा २ मिनेट अगावै दूरी पूरा गरे ।

अनौठो त के भने उक्त दौड प्रतियोगितामा पछिल्लो १५ वर्षयता कुनैपनि मानिसले उपाधि जितेको थिएन र हरेक वर्ष घोडाले नै दौड जित्दथ्यो । यसअघि सन् २००७ मा फ्लोरेन होल्टिंगर नामक व्यक्तिले दौड जितेका थिए । होल्टिंगरको रेकर्ड पनि लाइटफुटले तोडेका छन् ।

स्मरण रहोस् सन् १९८० मा बेलायतको न्युड आर्म्स पबमा दुईजना व्यक्तिले बाजी थापे । मानिस र घोडाबीच दौड भयो भने मानिसले जित्न सक्छ कि सक्दैन भन्ने बारेमा उक्त बाजी थापिएको थियो । सोही बाजीको छिनोफानो गर्नका लागि सन् १९८० देखि उक्त मानव–घोडा दौड प्रतियोगिता सुरु भएको थियो ।

दौड प्रतियोगिता सुरु भएको २४ वर्षपछि सन् २००४ मा पहिलोपटक ह लब नामक व्यक्तिले उक्त प्रतियोगिता जितेका थिए । उनले मात्र २ घण्टा ५ मिनेटमा दौड पूरा गरेका थिए । एजेन्सी

चर्चामा

सम्बन्धित समाचार