गजल!

  • शनिबार, असार ४, २०७९
गजल!

परदेश गएपछि छोरा वेघर भएको हो,
तर सरकार जानेर वे खबर भएको हो।

बृद्धा आमा बा रूंदै हिंड्छन गाउँभरी,
त्यसैले घरनै आंसुको नहर भएको हो।

साहुले पाटो खोस्यो रिणको बद्ला मा,
र ता आज बासस्थान बगर भएको हो।

आश गर्दागर्दै आज स्वास गयो बिचरा,
जिवन त सम्झनामा निर्भर भएको हो।

के सोंचेको थियो उस्ले के भएछ आज,
घरको दुश्मननै दुष्टकै नजर भएको हो।

बुढा बुढीले त मृत्यु पछिको स्वर्ग ठान्थे,
तर नर्कैनर्क जिवनको सफर भएको हो।

सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार