सुरेशकुमार पान्डे — भ्रष्टचारीहरूको अगाडी अहिले हाम्रो देशको सरकार पेण्डलुम अबस्थामाछ।पेट्रोलियम पदार्थमा भयको मूल्य बृद्धीले जनताको ढाड सेकेको अबस्थामा पेट्रोल पम्पका ठेकेदारहरूले पेट्रोल पम्पमा ताल्चा लगाएर जनतालाई झन सास्ति दिएकाछन।बजारमा अहिले पेट्रोल छैन भन्दै पेट्रोलपम्पका मालिकहरूले पेट्रोल बेचेका छैनन् यो नाफाखोर ब्यबस्थाको हरिगती यहीनैहो।भोली रेट बढ्दा बित्तिको तेल प्रसस्तै पाइनेछ।
पेट्रोल,डिजल र केरोसिन जस्ता कच्चा पदार्थलाई अन्तरराष्ट्रिय बजारले मुल्य तय गर्छ तेलको भाउ घट्ने तथा बढ्ने प्रकृया जारीनै रहन्छ त्यो नौलोकुरा होइन तर त्यसमा सन्तुलन मिलाउंन अरू देशमा अन्य आयश्रोत बाट घाटा पुर्ति गरेर सरकारले सब सिडि दिएको हुन्छ तर हाम्रो देशभित्र आर्को कुनै आयश्रोत छैन त्यो देशको समस्यहो तर यसैको फाइदा उठाएर ठेकेदारहरूले बिदेशमा भाउ घट्यो भने देशमा तेलको स्टाक कम देखाएर वा तेल नभयको देखाएर केही दिन रोक्ने गर्छन यसरी उनिहरूले जनताको जेब काट्न सफल भयका हुन्छन सरकारका ठेकेदार उनिहरू सँग कमिसन खाएर मुकदर्श बनेका हुनसक्छन।देशभित्र सांचैभन्दा तेलको कमिछ भने त सरकारले स्वांयत पत्र जारि गर्नुपर्ने तर त्यसो छैन।यसको भित्रिसार भिन्दै हुन सक्छ।प्रसाशनको मिलिभगतमा यो गोरखधन्दा चलेको त छैन?यसबारे छानबिन गर्नुपर्ने हुन्छ तर त्यो छानबिन कसले गर्ने?गठबन्धन भित्रका दलहरू आफै झांक्री आफै बोक्सी भयकाछन।एउटाको चित्त बुझिन भने सडकमा बिरोध जनाउँछन बिलो पाएपछि तैं चुप मै चुप भयकाछन।अहिले भ्रष्टचारको मुद्धा उठ्न छाड्यो र बिदेशीको हस्त क्षेपको कुनै बिषयनै छैन अमेरिकी साम्राज्यवादको चलखेल बढ्दै गयको सबैलाई थाहाछ तर कुनैले त्यसबारे बोल्दैन किन?अहिले सडक र सदनमा राजमो बाहेक का कुनै दलले पनि बिदेशीको हस्तक्षेपको बारे एक शब्द पनि बोलेकाछैनन्।एम सीसी पारित भैसकेपछी अमेरीकाको सैनिक नेपालमा आउँछन नेताहरू आउँछन जान्छन उनिहरू किन आउँछन के लिएर आउँछन केलिएर जान्छन त्यो कानोकान कसैलाई खबर हुंदैन।के यो देश जनताको होइन हामिलाई आफ्नो देशभित्र केभैरहेकोछ भन्नेबारे जान्ने बुझ्ने अधिकार छ कि छैन?जनता र देशलाई नचाहीएको अनाबस्याक सन्धि र सम्झौता गरेर सरकारले देशको दोहन गर्ने बिदेशीलाई छुट दिएकोछ।
एकातिर सरकारले भन्छ हामि सँग बिधुत धेरैछ इन्डेक्सन चुलाको ब्यबसथा गरौं।आर्को तिर बिधुतमा अघोषित लोड सैडिङ्गले जनता परिसानछन।त्यत्ती मात्रैहोइन वोल्टेज यती कम आउँछ पंखाहरू बिस्तारै घुम्छन।रातिमा कयौं पटक बिधुतले आंख मिचौली खेल्दा निन्द्रा लाग्दैन स्कुलमा पढ्ने बिध्यार्थीलाई झन कति समस्य हुन्छ।राजनीति दलहरू सरकारमा सामिल बोल्दैनन् बिपक्षमा ब्यबहारीक सुझाव सल्हा दिने कोही छैन कसैले बिरोधका लागि बिरोध गर्छन कसैले समर्थनका लागी समर्थन गर्छ।समाजमा थोरै जगेडा बचेका उनिहरूको कसैले सुन्दैनन् यो अबस्थाछ देशको।
नेताहरूलाई त अब आम चुनावमा कसरी सिट हात पार्ने भनेर मात्रै चिन्ताछ अर्को कुरा छैन।देश जावस भाड्मा जनता त झन भेंडा र बोका भयकाछन चाहिंदाको भांडो न चाहिंदाको ठांडो बनाइएकाछन।दिनौ दिन सुन्निन्छ बुद्धिजिवीहरूको भेला भयो पत्रकारहरूको भेला भयो मानव अधिकार कर्मिको भेला भयो तर ति सबै बिभिन्न पार्टीहरूका झोले हुन कुनै देशभक्त र गणतान्त्रिक शक्ति देखि दैन।
देशलाई बिदेशीले तहस नहस पार्दैछ आजको अबस्था सन१९७२-७३तिरको सिक्किमको अबस्था जस्तै जस्तैछ।देशको आर्थिक अबस्था डांबाडोल हुंदै गयकोछ देशभित्र महंगी र भ्रष्टचारले आकास छोएकोछ।यस्तो देशभित्रको तरल अबस्थाबाट बिदेशी साम्राज्यवादले फाइदा उठाउँदैछ।
पहिले छिमेकीको दवाबमा नेताहरू कटपुतली जस्तै थिए अहिले अमेरिकी साम्राज्यवादको दवाबमा अंग्रेजको नतमस्तक हुंदै गएकाछन।एमसीसीलाई गठबन्धन सरकारले पारित गरिसकेपछी पटक पटक अंग्रेजको देशमा आवत जावत भयकोछ उनिहरूको अहिले निरन्तर चलखेल बढ्दै गयकोछ।हाम्रो देशको आन्तरिक शक्ति समेतलाई अबलोकन गर्न सफल भयको अंग्रेजी हुकूमत अहिले पनि विस्वलाई आफ्नो गुलाम ठान्दछ।उनिहरू भारतमा ब्यपारी बनेर भारतियहरूलाई तिन चार बर्ष सम्म गुलाम बनाएर राखेका थिए।अहिले हाम्रो देशमा टेकेर चीनलाई घेर्ने उनिहरूको रणनीतिहो त्यो कत्तिको सफल हुन्छ त्यो त समयले बताउला तर हाम्रो देशभने नराम्रो गरी साम्राज्यवादको चंगुलमा फस्दै गयकोछ।तटस्त परराष्ट्र नीति लिएर अहिले सम्म देशलाई जोगाउँदै आएकोमा अहिले भने एमसीसी पास गरेपछि देशले एउटा अत्यान्तै जटिल घुम्तीमा आइपुगेकोछ।