बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • देश
  • विदेशमा ‘कबड्डी ४’ चल्दा ‘प्रकाश’लाई फाइदा, रिलिजअघि नै १ करोड नेट

विदेशमा ‘कबड्डी ४’ चल्दा ‘प्रकाश’लाई फाइदा, रिलिजअघि नै १ करोड नेट

  • मङ्लबार, जेष्ठ ३१, २०७९
विदेशमा ‘कबड्डी ४’ चल्दा ‘प्रकाश’लाई फाइदा, रिलिजअघि नै १ करोड नेट

काठमाडौं — विदेशमा ‘कबड्डी ४’ले राम्रो कमाइ गर्दा यसको प्रत्यक्ष फाइदा अर्को नेपाली फिल्म ‘प्रकाश’लाई देखिएको छ । सोमबारसम्म अमेरिका, अस्ट्रेलिया, युरोप र क्यानडाको प्रदर्शन अधिकार बिक्रीबापत फिल्मले ७५ लाख रुपैयाँ नेट कमाएको छ ।

मध्यपूर्व, दक्षिण कोरिया, जापान र बेलायतमा राइट बिक्री भएबापत फिल्मले ३० लाख रुपैयाँ नेट प्राप्त गर्नेछ । विदेशबाट मात्र फिल्मले राइट बिक्रीबापत १ करोड ५ लाख रुपैयाँ नेट कमाइ गर्नेछ ।

निर्माता महेन्द्र अधिकारीले राइट बिक्री भइसकेका उत्तर अमेरिकाका दुई मुलुकसहित युरोप र अस्ट्रेलियामा भदौ १० गते फिल्म नेपालसँगै प्रदर्शन हुने बताए । ‘हामी अन्य मुलुकमा समेत सेम डेट रिलिजको प्रयत्नमा छौं,’ अधिकारीले  भने ।

‘कबड्डी ४ चल्दा हामीलाई प्रत्यक्ष फाइदा भयो । यसको क्रेडिट कबड्डीलाई नै जान्छ,’ अधिकारीले भने । ‘कबड्डी ४’ले विदेशमा कीर्तिमानी २ करोड १३ लाख रुपैयाँ नेट कमाइ गरेको थियो । तर ‘कबड्डी ४’को कुल ग्रस चाहिं १० करोड रुपैयाँ हुने प्रक्षेपण छ ।

प्रकाशको डिजिटल राइट ८० लाख रुपैयाँ नेटमा डीएआर मुभिजले खरिद गरिसकेको छ । डिजिटल राइट र विदेश राइटबापत दिनेश राउत निर्देशित फिल्मले १ करोड ८५ लाख नेट प्राप्त गर्ने देखिएको छ ।

फिल्मको कुल लगानी चाहिं प्रचारप्रसारसहित ३ करोड रुपैयाँ पुग्ने निर्माताको हिसाब छ । डिजिटल राइट र विदेश बिक्रीबापत फिल्मको आधा लगानी सुरक्षित भइसकेको छ । यस्तोमा फिल्ममाथि बक्स अफिसमा दबाब हुनेछैन ।

प्रदीप खड्का र दीया मास्के अभिनित सोसल ड्रामा फिल्म ‘प्रकश’लाई दिनेश राउतले निर्देशन गरेका हुन् । सरकारी शिक्षक बन्न संघर्ष गर्ने जुम्लाको एक युवकको कथामा फिल्म निर्माण भएको हो ।अनलाइनखबरबाट साभार । 

चर्चामा

सम्बन्धित समाचार