बिहिबार, मंसिर २०, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • बिषाक्त उत्पादन किन?

बिषाक्त उत्पादन किन?

  • आइतवार, जेष्ठ २९, २०७९
बिषाक्त उत्पादन किन?

सुरेशकुमार पान्डे — अहिले बजारमा बिक्ने तरकारी र कयौं खाद्यानहरूमा गुण थोरै बिष धेरै हुन्छ।यस्तो हुनुमा को दोशीहोला?यसबारे अध्यायन गर्नेहो भने हामी सबै दोशीछौँ किन भने थोरै जमिन बाट धेरै उत्पादन गर्नपरेकोछ गाई भैंसी बाख्रा पाल्ने प्रसस्तै बन जङ्गल हाम्रो बिचमा छैन र एउटा भैंसी को खर्चले दुई जना मानिसको पेट भर्न सकिन्छ।सहर बजारमा जनतन एउटा घर बनाएर बसेका सामन्य परिवारको लागी गाई भैंसी पाल्नु असम्बभछ उनिहरूले त सधै किनेर खानेहो तर किसानहरूले पनि अब थोरै जमिनमा धेरै उत्पादन गर्न युरिया औषधीको प्रयोग गर्न थालेपछि गाई बस्तु पाल्नुलाई झन्जट सम्झिन थाले।पहिले बारी खेतमा गरूले जोत्ने हुनाले गाई भैंसी नपाली हुंदैनथ्यो तर बिकासको साथै बिनास पनि सुरू भयो।गाउँमा एउटा टेक्टर आएपछी कयौंले गाई भैंसी पाल्न छाडे।पहाडमा अहिले पनि गाई भैंसी देखिन्छन तर युरिया प्रवेस भयको ठाउँमा बिस्तारै गाई भैंसी कम हुंदै जान थालेकाछन।तराईमा त लगभग युरिया प्रयोग हुन्छ।पहिलेको भन्दा अहिलेको खाद्यानमा फरक टेस्ट देखिन्छ।
हाम्रो समाज अब सुख भोगी हुँदै गयो अलि अलि पढेका डिग्रि गरेका युवाहरूले हलो जोत्न गाई भैंसी पाल्न छाडिसके उनिहरूले लाज मान्नथाले,महिंलाहरूले त झनै कामलाई हात लगाउलन छाडिसके।
अहिलेका युवाहरूले सहर बजारमा भाडाको रूम लिएर पन्द्र बिस हजारको नोकरी त्यो पनि प्राइवेट अस्थाई गर्न राजि हुन्छन तर थोरै मिहेनत गरेर गाई भैंसी बाख्रा पाल्न गारो मान्छन।आफुले साररिक परिश्रम गर्न छाडी सकेकाछन।देशभित्र मजदुरी गर्ने मानिस मिल्दैनन् अहिले मजदुरी गर्नका लागी भारतको यु पी र बिहार बाट नेपालमा ठुलो ताहदातमा मजदुर भित्रिएकाछन।नेपालीहरूले आफ्नै बजारमा मिहेनत गर्दैनन् बरू आर्काको देशभित्र गयर तुच्छ भन्दा पनि तुच्छ काम गर्छन तर देशभित्र उनिहरूले निमेक गरेर खान लाज मान्दछन।अहिले कसैले कसैको जमिन अंधिया लगाउँदैनन् पलम्वर र कारपेन
टरको काम गर्न बिदेश बाट आएकाछन,कपाल काट्ने सिरक र गदेला बनाउँने लगायतका तमाम काम गर्ने श्रमजिवीहरू भारत बाट आएकाछन।फल फूल बेच्ने तृकारी बिक्रि गर्ने रू पनि भारतिय नागरिक हुन।जमिन गरिब मानिसको पहुँच भन्दा कताहो कता महंगोछ।
त्यसैको परिणाम अहिले देशैभरी तरकारी खाद्यान,दुध,घ्यु माछा मसु लगायतका बस्तुको माग बढी भयो अनि थोरै ठेक्काको जमिनमा उत्पादन गरेर बेच्नुपर्दा बढी उत्पादन नगर्दै पुग्ने भैन परिणाम यो बिषाक्त तरकारी लगायतका बस्तुहरूलाई उब्जाउँन थाले।
एका तिर तराईमा जमिनमा सरकारले सिंचाईको ब्यबस्था गरेकोछैन र कृषियोग्य जमिन भूमाफियाको कब्जामाछ जो धमाधम प्लाटिंग हुँदैगयकोछ आर्को तिर बजारमा खाद्यानको माग बढेकोछ यो अबस्थामा किसानहरूले पैसा कमाउँने भ्रममा यो ब्यबहार गर्नथालेका छन।
दुधको त्यही अबस्थाछ,तरकारी फल फूलको माछा मासुको पनि त्यही अबस्थाछ।नेपालको बजारमा बिक्ने अण्डा निम्न स्तरकोछ जस्ले जति वेइमानी गर्नसक्छ लुट्न सक्छ लुटेकैछ।
छिमेक बाट आएका बस्तुहरू बिषाक्त छन तर देशभित्र उत्पादन भयर बजारमा आएका तरकारीहरू पनि उस्तै हुनथाले।
हामीहरूले आफुले उत्पादन नगर्ने तर खान खोज्ने भएकोले यस्तो दुरगती भएकोहो भन्ने मलाई लाग्छ।यसबारे गहिरिएर अध्यान अनुसन्धान गर्दा अरूपनि कयौं बिषय हुनसक्छन तर सरसरती हेर्दा यो उपरोक्त कारण पनि हुनसक्छन भन्ने मलाई लाग्छ।अहिले सरकारले कृषियोग्य जमिन माथि प्लाटिंग मा वेन लागाएको त छ तर कहिले सम्म ब्यबहारिकता हुन्छ हेर्न बाकीनैछ।
किसानहरूलाई खेती योग्य जमिन उपलब्द गराएर कृषिका समान जुटाइदिने र मल बिउ सिंचाईको समान किसानलाई उपलब्ध गराउँने र सरकारले अनाज फलफूल तरकारी मण्डि बनाएर सरकारी रेटमा बेच्न लगाएपर उनिहरूको कृषिमा मन लाग्ने थियो।सरकारले जसरी भयपनि कर तिर भन्ने अनि किसानको जमिनमा उत्पादन नहुने अबस्थामा यो बिषाक्त बस्तुको उत्पादन भयको हुनसक्छ।साथै माथि भने झैं बिदेशबाट भित्रिने समानलाई पनि राम्रैगरी निरक्षाण गरेर मात्र ल्याउँने प्रकृया अप्नाउँनुपर्छ।

चर्चामा

सम्बन्धित समाचार