• होमपेज
  • बाजुरा बिशेष
  • बाजुराको हिमाली गाउँपालिकामा पोषण सम्बन्धि २ दिने तालिम सञ्चालन

बाजुराको हिमाली गाउँपालिकामा पोषण सम्बन्धि २ दिने तालिम सञ्चालन

  • शुक्रबार, जेष्ठ २७, २०७९
बाजुराको हिमाली गाउँपालिकामा पोषण सम्बन्धि २ दिने तालिम सञ्चालन

बाजुरा — बाजुराको हिमाली गाउँपालिकामा विश्व खाद्य कार्यक्रम सहयोगमा र आइ.डि.एस. संस्था बाजुरा द्धारा बिधालय स्वास्थ तथा पोषण कार्यक्रमको पालिका स्तरिय २ दिने तालिम सञ्चालन गरिएको छ।

बिधालय स्वास्थ्य तथा पोषण कार्यक्रम प्रमुख अथिती हिमाली गाउँपालिका नि.प्रमुख प्रशासकीय अधिकृत कबिन्द्र राज पाण्डे , हिमाली गाउँपालिका स्वास्थ शाखा प्रमुख प्रेमकला मल्ल, आइ.डि.एस. संस्था बाजुरा जिल्लाका सयोजक प्रेम प्रसाद खनाल सहित पालिका भरीका बिधालयका प्रधानाध्यापक  उपस्थितिमा तालिम सञ्चालन गरिएको हाे ।

विश्व खाद्य कार्यक्रमकाे सहयोगमा र आइ.डि.एस. संस्था द्धारा सहजीकरणमा हिमाली गाउँपालिकाका २२ वटा बिधालयका प्रधानाध्यापक तथा बिधालय फोकल प्रतिनिधहरु बिधालय स्वास्थ तथा पोषण कार्यक्रमको पालिका स्थरीय २ दिने तालिम सञ्चालन गरिएको आइ.डि.एस. नेपाल बाजुरा जिल्लाका सयोजक प्रेम प्रसाद खनालले बताएका छन ।

बिधालयमा रहेका बालबालिका हरुलाइ स्वास्थ अबस्था लाई रोगको नियन्त्रण ज्वरो, जुकाको औषधि खुवाने र उक्त पोषण कार्यक्रम शिक्षा दिवा खाजा खुवाउन कार्यक्रम लाई निरन्तरता दिने कार्यक्रम मुख्य उदेश्य रहेकाे खनालले बताए  ।
२ दिन तालिम सञ्चालनकाे पहिलो दिन सुरु गरिएको आइ.डि.एस. नेपाल हिमाली गाउँपालिकाको पालिका सुपरभाइजर भिम प्रसाद पाण्डेले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार