शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बुढीगंगा
  • अन्योलमा बुढिगंगा नगरपालिका, शुक्रवार बसेको सर्वदलिय बैठक निर्णय विहीन

अन्योलमा बुढिगंगा नगरपालिका, शुक्रवार बसेको सर्वदलिय बैठक निर्णय विहीन

  • शुक्रबार, जेष्ठ २७, २०७९
अन्योलमा बुढिगंगा नगरपालिका, शुक्रवार बसेको सर्वदलिय बैठक निर्णय विहीन

बाजुरा — बाजुराको बुढिगंगा नगरपालिकाे स्थानिय तहकाे निर्वाचन अझै अन्योलमा रहेको छ । निर्वाचन आयोगले मतदान गर्ने वताएको भएपनि निर्वाचनका मिति नतोकिदा अहिले नगरपालिका अन्योलमा रहेको हाे ।
सर्वदलिय बैठक मार्फत मतदान गर्ने मिति तोक्न तिन पटक बसेको बैठक निष्कर्ष बिहिन बनेको छ । जिल्ला प्रशासन कार्यालयमा शुक्रवार बसेको सर्वदलिय बैठकले  पनि कुनै टुगाेँ लगाउन सकेन । शुक्रवार  बसेकाे सर्वदलिय बैठकले पुन: मंगलबार बस्ने गरि बैठक टुगिंएको प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द्र अधिकारीले बताएका छन् । अब मंगलबार हुने बैठक नै निर्वाचनका मिति तोक्ने वा मतदान गर्ने  अन्तिम बैठक हुने अधिकारीले वताएका छन् ।
चुनाव गर्नका लागि बुढिगंगा नगरपालिकामा चौथो पटक लक्ष्मण बहादुर कठायतलाई निर्वाचन अधिकृत तोकिएको भएपनि अहिले सम्म कुनै निर्णय समेत नगरेको पाईएको छ । निर्वाचन आयोगले जेठ मसान्त सम्म चुनाव गरिसक्ने बताएको भएपनि अहिले सम्म मिति तोकिएको छैन् । वैशाख ३० मै निर्वाचन भएको बुढीगंगा नगरपालिकामा विवादका कारण पुन मतदान गर्ने निर्वाचन आयोगले निर्णय गरेको थियो ।
बुढीगंगाका १० वडामध्ये ६ वटामा विवाद भएको थियो । वडा २, ३, ४, ५, ७ र ९ का केन्द्रमा मतदान स्वतन्त्र हुन नसकेको स्थानीयको भनाइ छ । २, ३, ५ र ९ वडाका मतदानस्थल एमालेका कार्यकर्ताले नियन्त्रणमा लिएका थिए भने वडा ४ र ७ मा कांग्रेस कार्यकर्ताले नियन्त्रणमा लिएर आफू अनुकूल मतदान गरेका थिए । यी ६ वटै वडाका मतदानस्थलमा झडप, उम्मेदवारमाथि कुटपिट र मतदाता लखेटिएका थिए । नगरपालिकाको वडा नम्बर ४ मा बुथ कब्जा गरेर ९९ दशमलव ४१ प्रतिशतसम्म मत खसाइएको थियो । एमालेले कब्जा गरेका भनिएका २, ३, ५ र ९ मा प्रहरी मतेपटिका मतदान केन्द्रमै छाडेर हिँडेका थिए । तर काँग्रेसे कब्जा गरेको भनिएका ७ र ९ मा प्रहरीले संरक्षण गरिरहेको थियो ।
यस्तै एमालेले नियन्त्रणमा राखेर मतदान गरेको भनिएकामध्ये वडा ९ स्थित त्रिशक्ति मावि मतदानस्थलमा १ हजार ४ सय ८३ मतदाता संख्या रहेकामा १ हजार ३ सय ४७ मत खसेको छ । जुन ९०.८२ प्रतिशत हुन आउछ ।
बुढीगंगाको विवाद अध्ययन गर्न निर्वाचन आयुक्त सगुनशमशेर जबरासहितको टोलीले स्थलगत अध्ययन गरेर फिर्ता गएको थियो । प्रतिबेदनमा मतगणना हुनुपर्ने उल्लेख भएपनि आयोगले पुन मतदान गर्ने निर्णय गरेको थियो । नेकपा एमाले मतगणना हुनुपर्ने माग राख्दै उच्च अदालत दिपायलमा रिट दर्ता गरेको छ । हाल उक्त रिट बिचाराधिन अबस्थामा रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार