• होमपेज
  • अन्तर्राष्ट्रिय
  • भारतमा सामूहिक बलात्कारका आरोपीलाई जिउँदै जलाइयो

भारतमा सामूहिक बलात्कारका आरोपीलाई जिउँदै जलाइयो

  • शुक्रबार, जेष्ठ २७, २०७९
भारतमा सामूहिक बलात्कारका आरोपीलाई जिउँदै जलाइयो

काठमाडौं — भारतको झारखण्डको गुमलामा बुधबार नाबालिगलाई सामूहिक बलात्कार गरेको आरोप लागेका दुई जनालाई जिउँदै जलाइएको छ ।

घटना भएको थाहा पाएपछि स्थानीय वासिन्दाले मोटरसाइकलसहित ती युवालाई मट्टितेल छर्किएर जलाएका हुन् । जसमध्ये एक जनाको मृत्यु भएको छ भने अर्का गम्भीर घाइते भएको भारतीय सञ्‍चार माध्‍यमहरुले जनाएका छन्।

मृत्‍यु हुनेमा सुनील उराव रहेका छन् भने घाइते हुनेमा आशिष उराव रहेका छन् । गम्भीर घाइते आशिषको अस्पतालमा उपचार भइरहेको छ।

घटनापछि गाउँ तनावग्रस्त बनेको छ भने गाउँमा बाक्लो रुपमा प्रहरी परिचालन गरिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । प्रहरीले बिहीबार बिहान गाउँका अधिकांशलाई सोधपुछ गरेको थियो ।

चर्चामा

सम्बन्धित समाचार