सुरेशकुमार पान्डे — आजको पुंजिवादी समाजभित्रका मान्छेहरूलाई यो निस्वार्थछ वा बर्गिय स्वार्थमा आफुलाई होमेकोछ त्यसमा उसको कुनै ब्याक्तिगत स्वार्थ छैन भन्नु वा ठान्नु भनेको अहिलेको अबस्थामा आत्माघाती बिचार र मुर्खता रहिछ भन्नेकुरा त छर्लङ्गैछ।यो हामीले भोगेको बिषयहो तर हामिले घोकेको बिषय भने होइन।हामीले घोकेको निस्वार्थ बर्गय शंघर्षकै माध्यायम बाट हाम्रो बर्गको उत्थान हुनसक्छ र देशमा बिकास हुन सक्छ वा जनवादी क्रान्तिका लागी आफ्नो ज्यान पनि दिनुपर्ने हुन्छ भन्नेकुरा हामिले आफ्नो जोसिलो उर्जामान जिवन भरी घोकेको बिषय बस्तुहो।
किन भने हामीले पुंजीवादी र बुजुर्वा सम्रचना भित्काएर नौलो जनवादी ब्यबस्था ल्याउँन कमर कसेका थियौं।त्यो ब्यबस्था हामी मध्यका केही जानाले चाहेर ल्याउँन सकिदैनथ्यो।नौलो जनवादी क्रान्तिको लागि पार्टीको आत्मगत अबस्था र अन्तरराष्ट्रिय परिस्थिती समेत तैयार हुनुपर्छ भन्नेकुरा हामिले बुझेको कुराहो तर त्यो कहिले कती बर्समा तैयार हुन्छ भनेर कसैले पनि किटकन गर्न सक्ने बिषय भने हुंदैहोइन त्यसका लागि धेरै समय लाग्न पनि सक्छ वा केही बर्समा पनि हुन सक्छ।क्रान्ति भनेको नै आमूल परिवर्तन हो त्यो ढिलो चांडो हुन्छ भन्नेमा हामी आसावादी छौँ।
सदियौं देखून कम्युनिष्ट क्रान्तिकारीहरूले वा कतिपय अबस्थामा स्वांसफुर्त रूपमा पनि बन्दुक बोकेर बुजुर्वा सम्रचनालाई भत्काउँन हिंडेकाहरू या त नैतिक रूपमा पतन भय वा निस्कृय पनि भयकाछन।हाम्रै देशमा झापालीहरूले पनि किसान बिद्रोह गरेका थिए,नेकपा माओंवादीले पनि दश बर्ष घोषित रूमा सक्यासम्म बन्दुक बारूधको खेल खेलेका हुन।उनिहरूले भने अनुसार नौलो जनवादी क्रान्तिका लागी दश बर्ष सम्म जनयुद्ध गरेकैहो तर उनिहरूले शहिदको खेती त अबस्य गरे देशमा त्यो आन्दोलन बाट जोजती नोक्सान भयो त्यो त्यसको भरपाई त कहिलैई हुनसक्दैन उपलब्दी आंशिक रूपमा भयको हुन सक्छ।उनिहरूको जनयुद्ध को परिणाम राजतन्त्रको पुनाराबृती भयो र त्यसैलाई फाल्न फेरी उन्निस दिन सम्म जनान्दोलन सुरू भयो त्यसैको परिणाम विस.२०४६सालको जनान्दोलन पछि ४७सालमा नपलाएको राजनीतिक पार्टीहरूको चेत पलायो र सम्बिधान सभा सबैको राजनीति पार्टीहरूको मिलन केन्द्र भयो।यदी यही काम २०४७मा भयको हुन्थ्यो भने देशका होनहार लडाकू क्रान्तिकारी शक्तीको बली चढ्ने थिएन र करिव १७हजार जती मानिसहरूको अकालमा मृत्यु हुनेथिएन।
हामिले मात्रै चाहेर पुरानो ब्यबस्थालाई भत्काएर नयां ब्यबस्था ल्याउँन सकिदैन भन्ने कुरा पटक पटक प्रमाणित भयकोछ तर पनि हामीले नयाँ ब्यबस्थाको लागी आधार तैयार पार्ने प्रयात्न गर्न सक्छौँ र अहिले हामीले त्यही गर्दै आएकाछौँ।
तर केही बर्ष यता बाट बर्गशंघर्षको थालनी गर्ने योजना बनाउँनेहरूकै बिचमा बर्ग भित्र बर्गको उदय भयपछि बिस्तारै क्रान्तिकारी गतिबिधीमा अबरोध आउँन थाल्यो।विस्व कम्युनिष्ट आन्दोलन भित्रको आंतरिक अबस्था अहिले पनि झनपछि झन रक्षात्मक बन्दै गयकोछ। पहिले पहिले यो राजनीति मतभेदले गर्दा कम्युनिष्ट आन्दोलन भित्र फुट हुनेगर्दथ्यो तर अहिले विस्व कम्युनिष्ट आन्दोलनमा पनि निजी स्वार्थ हैवी हुंदै आएकोछ हाम्रो देशमा त कम्युनिष्ट आन्दोलन परायजसो जुंवाको लडाईमा गुट उपगुटमा परिणित भयर भिभाजित हुंदै आएको प्रष्ट रूपमा देखिन्छ।
नेपाल भित्र यति धेरै कम्युनिष्ट हांगा अस्तित्वमा आउँन कसरी सफल भयो भन्ने कुरा देशको जनताको रोजाई कम्युनिष्टहो तर कुन कम्युनिष्क हो कुन कम्युनिष्ट होइन त्यो फिल्टर गर्न जनताले सकिराखेका छैनन्।जुन दिन जनताले कम्युनिष्ट क्रान्तिकारीलाई चिन्छन त्यो दिन यि सबै हांगावांगाहरू हराउँदै जानेछन।
देशभित्र वास्तिबिक रूपमा मार्कवाद-लेनिनवाद र माओ त्सेतुङ्ग बिचार धारालाई पदपर्दर्शक शिधान्तको रूपमा ब्यबहारमा उतारेको कम्युनिष्ट पार्टीनै देशका जनताको पहिलो प्राथमिकता हो र त्यसैले यो देशको र यो देशका जनताको हक हितको रक्षा र ज्ञारन्टी गर्नेछ।नेपालमा कृषि क्रान्ति पहिलो सर्तहो जो देशभित्रका तमाम जात जाती भाषा भाषीहरूको लागी सर्वोच्च मेलखाने पाटो हो।
जब देशभित्रका जनताले खास गरेर बहु संख्यक श्रमजिवी जनताहरूले क्रान्तिको लगाम आफ्नो हातमा लिनेछन त्यो वेला कुनैपनि तागतले रोक्न सक्नेछैन।अहिले हाम्रो देश वास्तबिक अर्थमा आत्मनिर्भर छैन र छिमेकीको हैकमवादी सिलौटामा थिंचिएको गम्भिर अबस्थाछ यो अबस्थामा हामिले हाम्रो देशलाई स्वतन्त्र राख्न विस्वका अन्य देशहरू सँग तालमेल र घालमेल गरेर जानुपर्ने आबस्याकताछ।
सिमानामा बलियो तारवार ले मात्रै पुग्दैन नेताको दलाली मानसिकतालाई पनि बार लगाउलन सक्नुपर्छ त्यसपछि देशमा कृषिक्रान्तिको दौर चल्नेछ।अहिले हाम्रो मातृत्व भूमी,भाषा,भेषभुसा,सांस्कृती समेतमा अतिक्रमण भयको जटिल परिवेसमा आफुलाई क्रान्ति गर्नुपर्छ भन्ने लाग्यो भन्दैमा बन्दुक बोकेर हिंड्नु भनेको आत्मघाती पाइला हुन तर क्रान्तिको देशमा खांचो छैन भन्ने बिचारपनि ठिक होइन आबस्याकता अनुसार क्रान्तिको आधार तैयार पार्दै जानुपर्छ।
हाम्रो लडाई राष्ट्रियता गणतन्त्रको रक्षा गर्दै जनजिवीकाको उपलब्दीकालागी हुनुपर्छ।अहिले देशले एमसीसी लाई पारित गरेर आर्को ठुलो रिक्स उठाएकोछ भबिस्यमा त्यसले गर्दा देशलाई ठुलो खतरा उत्पन्न हुने हामीले देखी रहेकाछौं।बिस्तारै अंग्रेजहरूको देशमा चलखेल हुन थालेकोछ अंग्रेजी सेनाका कमान्डर सहित चार दिने भ्रमणमा २६जेष्ठको काठमाण्डु आइपुगेकाछन।उन्को आउँने उदेश्य पछि प्रष्ट हुनेछ।
अहिले बिदेशीहरू देशभित्र आएर कुनै उद्दोग खोले भने पनि हामि खुसी हुनु झन ठुलो मुर्खताहो।बिस्तारै हाम्रो देशको अस्तित्व सँग खेलवाड गर्न दिनुभनेको हात्मघाती र राष्टघाती बिचार हो।
भारतमा पहिले अंग्रेजको सुरूवात ब्यपारीको रूपमा भयको थियो बिस्तारै इष्ट इण्डिया कम्पनिले राजगर्न थाल्यो र भारतलाई तिन सौ बर्ष सम्म मुक्त हुन दिएन भारतमा पहिले अन्य कम्पनिहरूले पनि राजगरेका थिए।त्यो वेला भारतमा पनि नेपालका जस्तै जिल्ला जिल्लामा बेग्ला बेग्लै राजाहरूले राज गर्थे।
एउटा राजालाई सखाफ पार्नुछ भने आर्को राजालाई आफ्नो काबुमा राखेर अंग्रेजले हमला गर्दथ्यो।उनिहरूले देशका जनतालाई बिभिन्न जात र धर्मको नाममा फुटाएर राज गरेका थिए।भारतले करीब पांच सए बर्ष जति गुलामी झेल्नुपरेको थियो करिब एक सए बर्स जती त उनिहरूको बलिदानी पुर्ण शंघर्षको इतिहाशनैछ।
नेपाललाई पनि बिस्तारै त्यही ब्यबहार अप्नाएर कब्जा जमाउँने साम्राज्यवादको शड्यन्त्रहो।अहिले देशका जनताले बिदेशीको शड्यन्त्रलाई बिफल पार्नेप्रयात्न गर्नुपर्छ त्यसकारण एउटै परिवार जसरी राजनीतिक शक्तिहरूको एकताको ठुलो खांचोछ।अहिले मिडिया हरूमा एउटा अंग्रेज नेपालमा आएर बाख्रा पालनको कार्य गर्न थालेको समाचारहरू आएकोछ।के नेपालीहरूले बाख्रा पालन, भैंसी पालन, कुखुरा पालनका काम गर्न सक्दैनन?बिदेशीहरूलाई यसरी पार्थमिकता दिनेहो भने देशका जनताले के गर्ने?सधैभरी बिदेशीको चाक्र बनेर दास सरह नारकिय जिवन बिताउँने?कुनै बिदेशी देशमा आएर लगाएको लगानी बाट हुने मुनाफा बिदेशमै जान्छ त देशले केपायो?सरकारले नेपाली जनता जसले यस्ता कारोबार गर्न चाहान्छन सहयोग दिनुपर्छ।के नेपालीहरूले सधैभरी सम्बिधान र क्रान्ति भन्दै लडेर ज्यान गुमाई राख्नुपर्नेहो?निश्चित रूपमा देशको सम्बिधानको रक्षा गरेर अब देशको बिकासका लागि सम्पुर्ण नागरिक शक्ति लाग्नुपर्छ।यही उपरोक्त बिचार अहिलेको कुरा भित्रको कुराहरू हुन।