शुक्रबार, अशोज ११, २०८१
  • होमपेज
  • देश
  • मैले कसैलाई पनि प्रधानमन्त्री बनाउँछु भनेको छैन : अध्यक्ष ओली

मैले कसैलाई पनि प्रधानमन्त्री बनाउँछु भनेको छैन : अध्यक्ष ओली

  • शुक्रबार, जेष्ठ २७, २०७९
मैले कसैलाई पनि प्रधानमन्त्री बनाउँछु भनेको छैन : अध्यक्ष ओली

मोरङ —  नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूले कुनै पनि पार्टीका नेतालाई प्रधानमन्त्री बनाउने सम्बन्धमा कुनै आश्वासन नदिएको स्पष्ट पारेका छन्।

शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले आफूले कुनै पनि पार्टीका नेतालाई प्रधानमन्त्री बनाउने सम्बन्धमा आश्वासन नदिएको बताएका हुन्।

केही दिनअघि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा माओ‌वादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूलाई प्रधानमन्त्रीको ‘अफर’ आएको बताएका थिए। प्रधानमन्त्रीका लागि कसले ‘अफर’ गर्‍यो भन्नेबारे भने उनीहरुले खुलाएका थिएनन्।

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले नेकपा एकीकृत (समाजवादी)का कार्यकर्तालाई एमालेमा आए समाहित गरिने बताए ।

उनले नेपाली जनताले आगामी प्रदेश र संसदीय निर्वाचनमा एमालेलाई अधिक स्थानमा विजयी गराउने जिकिर गरेका छन्।

उनले स्थानीय पालिकाको निर्वाचनले सबै निर्वाचनको स्थिति तय नगर्ने भन्दै सिट सङ्ख्याका हिसाबले केही कम आएर दोस्रो भए पनि लोकप्रिय मतका हिसाबले पार्टी पहिलो भएको जिकिर गरे।

उनले एमाले संघीयता र लोकतन्त्रको रक्षा गर्न प्रतिबद्ध रहनाका साथै संविधान निर्माणमा महत्वपूर्ण भूमिका निभाएका कारण जनताले संसदीय निर्वाचनमा पहिलो पार्टी बनाउने धारणा राखे।

अध्यक्ष ओलीले आगामी संसदीय निर्वाचनमा अन्य कुनै वामपन्थी पार्टीसँग गठबन्धन नहुने बताए । उनले मुलुकमा एमाले मात्र वामपन्थी पार्टी रहेको जिकिर गर्दै अन्य पार्टीहरु वामपन्थी नभएको आरोप लगाए।

चर्चामा

सम्बन्धित समाचार