गजल!

  • बिहिबार, जेष्ठ २६, २०७९
गजल!

धर्मको नामलिई जातिय बिभेद वेइमानले गर्छन,
आजको युगमा पनि यो ब्यबहार जहानले गर्छन।

यो असम्बैधानिक मामिला भयपनि निर्धक्क भई,
सार्वजनिक ठाउंहरू मा समेत बडो शानले गर्छन।

कसोगरी मानिस भनौं नविवेकछ न सहनसिलता,
मठ मन्दिर र पाठशालामै त यस्तो हैवानले गर्छन।

अत्याचार अती भयो भने खतीपनि अबस्य होला,
जातिय बिभेदको अनत्य शंघर्षकै उठानले गर्छन।

धेरै माथि उडान भर्नुपनि त अशुरक्षित हुन्छ साथी,
यि असमानताको निदान बर्गिय योगदानले गर्छन।

सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार