• होमपेज
  • अन्तर्राष्ट्रिय
  • एशियामै पहिलोपटक थाइल्याण्डले हटायो गाँजामाथिको प्रतिबन्ध

एशियामै पहिलोपटक थाइल्याण्डले हटायो गाँजामाथिको प्रतिबन्ध

  • बिहिबार, जेष्ठ २६, २०७९
एशियामै पहिलोपटक थाइल्याण्डले हटायो गाँजामाथिको प्रतिबन्ध

धनगढी — थाइल्याण्ड गाँजामाथिको प्रतिबन्ध हटाउने एशियाकै पहिलो देश बनेको छ। औषधि र खानामा मसलाका रुपमा गाँजाको प्रयोग हुने गरेको इतिहास भए पनि थाइल्याण्डले गाँजालाई लागु औषध भनेर प्रतिबन्ध लगाएको थियो। लागुऔषध सम्बन्धी कडा कानुन रहेको उसले कानुन परिवर्तन गर्दै गाँजाको खेति र प्रयोगलाई खुल्ला गरेको छ । सन् २०१८ मा गाँजालाई औषधिका रुपमा प्रयोग गर्न अनुमति दिएको थाइल्याण्डले अब खेति र सेवनलाई पनि खुल्ला गरेको हो । यसअघि औषधिजन्य प्रयोजनका लागि मात्र गाँजा खेति खुल्ला थियो।

कानुनमा भएको परिवर्तनसँगै अब थाइनागरिकले घरका गमला र खेतबारीमा पनि गाँजा लगाउन पाउने छन्। गाँजा खुल्ला गरेसँगै थाइल्याण्डले गाँजाको कारोबार र सेवन गरेको अभियोगमा जेल हालेका ४ हजार बन्दी रिहा गर्ने तयारी पनि छ। गाँजाको प्रयोग खुल्ला गरेपछि मानव स्वास्थ्य र पर्यटन उद्योगमा फाइदा पुग्ने थाइ सरकारको विश्वास छ। थाइल्याण्डले गाँजालाई नगदे बालीका रुपमा विकास गर्ने र गाँजाका परिकारको व्यापार गर्ने लक्ष्य राखेको छ।

चर्चामा

सम्बन्धित समाचार