मङ्लबार, अशोज १५, २०८१
  • होमपेज
  • समाज
  • जिल्ला अदालत बाजुराद्धारा यो आथिर्क बर्षमा ६२ प्रतिशत मुद्धा फर्छौट

जिल्ला अदालत बाजुराद्धारा यो आथिर्क बर्षमा ६२ प्रतिशत मुद्धा फर्छौट

  • बिहिबार, जेष्ठ २६, २०७९
जिल्ला अदालत बाजुराद्धारा यो आथिर्क बर्षमा ६२ प्रतिशत मुद्धा फर्छौट

बाजुरा— जिल्ला अदालत बाजुराले यो आर्थिक बर्षको आजसम्म ६२ दशमलव ५८ प्रतिशत मुद्धा फर्छौट गरेको छ । आर्थिक बर्ष ०७८/०७९ मा १ सय ५५ मुद्धा जिल्ला अदालतमा आएको र त्यसमा ९७ ओटा मुद्धा फर्छौट गरिएको जिल्ला न्यायधिक माधव प्रशाद घिमिरेले बताएका छन । पत्रकारसंग अन्र्तक्रिया कार्यक्रममा बोल्दै जिल्ला न्यायधिस घिमिरेले यो बर्षको आझै एक महिना बाकि रहकोले धेरै मुद्धाहरु फर्छौट हुने बताएका छन ।
पत्रकारसंग अन्र्तक्रिया कार्यक्रममा जिल्ला अदालत बाजुरामा सबै भन्दा बढी सरकारी फौजदारी सम्बन्धिका मुुद्धाहरु दर्ता भएका जिल्ला अदालतका न्यायधिस माधबप्रसाद घिमिरीले बताए । जसमा ७५ ओटा मुद्धा रहेकोमा ३१ मुद्धा फर्छौट गर्न बाकी रहेको जिल्ला न्यायधिस घिमिरेले बताए ।
जिल्ला अदालतमा मुद्धाको बार्षिक लगत अनुमान १ सय ७ रहेकोमा एक बर्षे बाकी रहेका मुद्धाहरुमा ५९ रहेको श्रेस्तेदार पुष्पराज पाण्डेयले बताएका छन । त्यस्तै जिल्ला अदालतमा नया मुद्धा ९१ रहेका छन । जम्मा १ सय ५५ मुद्धाहरुमा देवानी मुद्धा ६४, फौजदारी ७५ रिट अन्तरगतका निषेधाज्ञा १ पुनराबेदन मुद्धा ९ रहेका छन ।
जसमा फर्छौट भएका मुद्धाहरुमा देवानी मुद्धा ४० फोजादारी मुद्धा ४४ पुनराबेदन तर्फको ७ रिट अन्तरगतका निषेधाज्ञा १ पुनराबेदन मुद्धा १ पुनराबेदन तर्फका ७ ओटा मुद्धाहरु फर्छौट भएको श्रेष्तेदार पुष्पराज पाण्डेले बताए ।
जिल्ला अदालतले गरेका कार्यहरुमा जिल्लाका संचारमाध्यामहरुले सन्देश मुलक जनचेतना संचार माध्यमबाट पत्रकारहरुले प्रचार गर्नु पर्ने जिल्ला न्यायधिस घिमिरेले बताएका छन ।
त्यस्तै आर्थिक अबस्था कमजोर भएका नागरिकहरुका लागि बैतनिक वकीलको ब्यबस्था भएको तर सर्ब साधारणलाई यो बारे जानकारी हुन नसकेकाले यसको प्रचार तथा सन्देशका लागि मिडियाहरुले सकरत्मक सन्देश फैलाउन आग्रह गरेका छन ।

चर्चामा

सम्बन्धित समाचार