सुरेशकुमार पान्डे — उत्पादन सुन्य भएपछि जनतालाई नभई नहुने बस्तु जनताले किन्नै पर्छ त्यसैको परिणाम देश बिदेशीहरूको बजार भयको हो।जनतालाई नभई नहुने बस्तु देशभित्र उत्पादन नहुंदा यो समस्य सिर्जित भयो।
सरकारले किसानहरूलाई कुनैपनि कृषिको लागी नभई नहुने अती आधारभुत बस्तु समेतलाई उपलब्द नगराइदिएपछि नागरीकले खेती कसोगरी गर्ने?पहाडी भेगमा हाम्रो जिजु बाजेको पालामा हाम्रो अबस्था जङ्गली जनावरको जस्तै थियो भनेपनि खासै फरक नपर्ला।हामिहरूलाई जुन सुकै जातमा बिभाजन गरेपनि हाम्रो अबस्था एकप्रकारको सिकारी जस्तै थियो।पातिले बारेको फुसको छानो भयको घर हुनथ्यो जस्ले जति बिवहा गरेपनी खासै बन्देज थिएन त्यो वेला कहावतनै थियो”मर्द की दसौटी”महिंलाहरू लाई पढाउँने लेखाउँने चलन थिएन पुरूषहरू पनि अलि सम्पन्न परिवारमा पढ्ने गर्थे मास्टरहरूपनि तिन क्लास पढेका वा पांच क्लास पढेका हुन्थे।
यता उता रातमा जानुपर्दा भांग बालेर जाने गरिन्थ्यो अनि रातिमा पढ्न वा उज्यालो गराउँनको लागी दियालो काटेर राख्ने चलध थियो मट्टिको तेलको टुक्की अलि पुग्नेले वा कहिले कसो बालिन्थ्यो।तर त्यो वेला जनतालाई चाहिने समान खुद खोज तलास गर्ने गर्थे।फोर्शाको घांस खाएर बचेको सिटालाई पानिमा गाडेर केही दिनपछी त्यो दाम्लो नाम्लो र जिउरो बनाउँने पट्वा हुन्थ्यो,मालुकाको पातको टपरी दुना र लराको पट्टवा हुन्थ्यो।
किसानहरूले आकास बाट पानी परेपछि खेति पाती गर्ने चलन थियो त्यो वेला गाई बस्तुहरू पाल्ने चलन भयकोले बारीमा गाई बाख्राको मलहालेर त्यसैबाट उब्जाएको अनाज खाने गरिन्थ्यो।हाम्रो जिवन घर जङ्गल मा सिमित थियो कहिले अन्नको उब्जिएन वा पानी समयमा नपरेर खेती खराब भयो भने टाडा टाडा सम्म बेसा पाइदैनथ्यो त्यो अबस्थामा बनका गीठा तरूल भ्याकुर कण्डमूल आदी खाएर गुजारा गरिन्थ्यो।तोरीको खली समेत अनिकालको आहार भयको हामीलाई थाहाछ।वास्तबमा त्यो वेला जमिन मैनौ जोतेर पनि छे मैना खान पुग्ने घर थोरै मात्रामा हुनेगर्थे।तर समाजमा विनिमय हुन्थ्यो घ्युले अन्न साट्ने चलन थियो मिलेर परिमो गरेर किसानहरूले एक आर्कालाई मद्त गर्थे त्यो वेला सम्म देवमा वीरहरूको जमघट थियो।नेपाली जनताहरूको एकता र विरता बाट कायल भयको अंग्रेजहरूले हाम्रो शक्तिलाई आफ्नो स्वार्थमा ढाल्ने सड्यन्त्र गय्रो र त्यो सफलपनि भयो।
त्यो वेलामा गोरखा भर्ति खोलेर सरकारले देशका युवाहरूलाई ब्रिटिस भारतमा भर्ति सुरू गरेपछि सामाजिक अबस्थामा पनि केही परिवर्तन भयकाछन गाउँले समाजमा पनि धनी गरिबको गहिरो खाई सुरूभयकोछ। वास्तबमा बलिया होनहार जनजातीहरू भारतमा भर्ति हुनथाले भारतको आजादी पछि भारत र नेपालको शान्ति तथा मैत्री सन्धिले देशको सामाजिक ढांचालाईनै परनिर्भर बनाईदियो।
हाम्रो समाजलाई बिदेशी प्रति अत्याधिक बफादार बनायो आपसमा लडेर एक आर्कालाई मार्न मोर्न तैयार हुने वा बनका बाघ भालु सँग लड्न तैयार हुने विर नेपालीहरूलाई मालिकका सामू चुँ गरेर बोल्न नसक्ने एकप्रकारको कायर दास मनोबृतीको बिकास हुंदैगयो।हामी त्यो वेला देखून अहिले सम्म दाश मानसिकतालाई बोकेर हिंडेकाहुन्छौँ।हाम्रो देश कहिले गुलाम त भयन तर हाम्रो देशका साशकहरूले बिदेशीको गुलामी गर्दै आएको एउटा उधारण जंगबहादुरले अंग्रेजको लागी लडेको लडाईले पनि पुष्टी गर्दछ।सुगौली सन्धिले गुमाएको केही भुभाग “नयाँ नेपाल”अंग्रेजलाई खुसी गराएर जंगबहादुरले फिर्ता लिएका थिए।त्यो उतिवेला देखिको गुलामी मानसिकता त्यसैको परिणाम अहिले पनि हाम्रा नेताहरूको मनस्थिती त्यहीछ।जनताले देशको निरंकूश राणाहरूको जहानिय साशनको बिरोधमा लड्यो र त्यसलाई फाल्यो राजतन्त्रको बिरूद्धमा लामू शंघर्श गर्यो त्यसलाई फाल्यो तर छिमेकीले हश्तक्षेपको बिरोध गर्न सकिन गरेपनि आफ्नो भूभागलाई फिर्ता ल्याउँन सकिन।यदी त्यसो हुंदैनथ्यो भने देशको अतिक्रमिक भूभाग फिर्ता लिने थियो जो शान्ति तथा मैत्रि सन्धि समेतको धारा आठले फिर्ता गरिसकेको भूभाग समेत लिन सकेन र बिस्तारै कालापानी लगायतका भूभागमा छिमेकी द्वारा अतिक्रमण गर्दै आएकोछ।अहिले पनि देशमा त्यही अबस्थाछ।
हाम्रो देशमा काठ भन्दा छिमेकीको फलाम सस्तोछ अब काठका संघार भन्दा फलामका संघार राख्न थालेकाछन।किन त्यसो भएकोछ नेपालको उत्पादनलाई निस्तेजित गरेर आफ्नो समान पठाउँने र देशको उत्पादनलाई खतम पारेर आफ्नो मण्डी बनाउँने।
देशले समान उत्पादन गर्न सकिन भने देशको अर्थतन्त्र संकटमा पर्छ त्यो अबस्थामा देश असफल राष्ट्रको सूचिमा पुग्छ।देशको रिण १८खर्व ४५अर्व पुगि सकैको सार्वजनिक भयकोछ।यसपछिपनि रिण रोकिने कुनै प्राबधान देखिदैन।देशलाई नागिरको कर बिदेशी अनुदान र श्रमजिवीहरूको परिश्रमबाट प्राप्त हुने रेमिटेन्सको रकममा चलाइन्छ।अहिले एम सीसी अनुदानको नाममा साम्राज्यवादलाई लिजमा दिने प्रयास गरिएकोछ।देशको यो कहाली लाग्दो अबस्थाछ।
अहिले औषधी भारत बाट,कागज भारत बाट,मट्टिको तेल,डिजल,पेट्रोल,त अन्तरराष्ट्रियनै भयो।फलाम बस्त्र फर्निचर मात्र होइन दाल चामल डाल्डा घ्यु,अनि रिफाइन्ड र खाने तेल समेत भारत बाट त्यो मात्र होइन फल फूल तरकारी समेत भारत बाट आयत गरिन्छ।एकातिर सबथोक आर्काको देशभाट आयात गर्ने आर्को तिर देशको कुनैपनि उत्पादन नहुंने।
अब हामिहरूले दियालो काट्न पनि छाड्यौँ खोटोलाई बेच्न थाल्यौँ,दाउरा भन्दा बढी एलपिजी ग्यासको प्रयोग गर्छौं,कृषि योग्य जमिन भूमाफीयाको कब्जामाछ र अहिले उत्पादन भन्दा बढी लागत र कमाई भन्दा बढी नागरीको खर्च भयपछिको अबस्था कस्तो हुनसक्छ।
अहिले पनि हाम्रो सामाजिक अबस्था त उस्तैछ तर खर्च पश्चिमी बिकाशिल देशको जस्तो वा त्यो भन्दापनि बढीछ।आजपनि पुरानै रूढीवादी मनोबृतीछ तर अबस्था सुखभोगी भयकोछ त्यसकारणले हाम्रो भबिस्य अत्यान्तै सम्बेदनसिल बनेकोछ गम्भिर बन्दै गयको आभास हुन्छ।जनताको टाउकाम रिणको भारीछ तर हामीले दाउरा भन्दा ग्यास प्रयोग गर्छौं,अहिले त ग्यासले आकास छोएकोछ एउटा सिलेन्डर १८को पाइन्छ सभैभन्दा सस्तो चामल माला साढे चारहजारको क्वाइन्टल किनेर खानुपर्छ यस्तो देशको अबस्थाछ।मंहगीको चांही सबैभन्दा बढी नेपालमा छ र सबैभन्दा बढी वेरोजगार पनि नेपालमैछन।