बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • बडिमालिका
  • बडिमालिका ४ का साैरे उखेडाकाे परिवार बिचल्लीमा, बस्ने बाँस छैन खाने गाँस छैन

बडिमालिका ४ का साैरे उखेडाकाे परिवार बिचल्लीमा, बस्ने बाँस छैन खाने गाँस छैन

  • बुधबार, जेष्ठ २५, २०७९
बडिमालिका ४ का साैरे उखेडाकाे परिवार  बिचल्लीमा, बस्ने बाँस छैन खाने गाँस छैन

बाजुरा — एक गरिबको जिन्दगी जसले सुख खोज्नका लागि अनेकौ प्रयाश गर्दछ । तर त्यहि गरिबको लागि दैव पनि शत्रु बन्दो रहेछ । त्यस्तै भएको छ बडिमालिका नगरपालिका वडा नम्मर ४ रिलाका सौरेको परिवारको । २० बर्ष पहिले परिवार पाल्नकै लागी भारत गएका सौरे उखेडाको परिवार पुरै बिचल्लिमा परेको छ ।
उखेडाले ६ जनाको परिवार सहति २० बर्ष भारतमा गएर चौकीदारी गर्दै जेनतेन परिवार पाल्दै आएका थिए । चौकीदारी गर्ने क्रममा उनले एक खुट्टा गुमाए र अर्को आँखा समेत गुमाए । अर्कोतिर घरको जेठो छोरा बेपत्ता भए । ३ छोरी भारतको हरियाणबाटै पोईल गईसकीन माइलो छोराको मृत्यु भयो र भारतमा काम गर्न नसक्ने भएपछि उनि दुइ हप्ता पहिले जन्मघर फर्किए । बिस बर्ष पहिले घर छोडेर गएका सौरे उखेडाकी श्रीमती र १५ बर्षिया छोरा घर फर्किदा उनको घरको कुनै सिमाना समेत रहेको थिएन ।
आफ्नो घरमा भएको छोराको भविष्य आफुले गर्दा बिचल्लिमा परेको उखेडाले बताए । भारतमा हुँदा खुट्टा र आँखा हुदा सम्म जेनतेन परिवार पालेकै थिए उनले भने । आँखा र खुट्टा गुमेपछी जन्मकै ठाउँमा मर्नुपर्ला भनेर घरमा फर्किएर आए पनि सुख नभएको उनले रुदै भने ।
हाल उनको परिवार दुई हप्ता पहिले देखी खुला आकाशमा बसिरहेको स्थानीय संकर उखेडाले बताएका छन । बस्ने बासनै नरहेपछि त्यस वडा कार्यालयबाट एक त्रिपाल व्यवस्था मिलाईदिएको भए पनि खाने गाँसका लागि भने कतिपय दिन भोकै बस्ने गरेको स्थानीयले बताएका छन । अहिले गाउलेले सो परिवारलाई सबैका सहयोगमा छाक टारीदिने गरेका स्थानीयले बताएका छन ।

No description available.
बस्ने बाँस र खाने गाँस नहुनत छदै छ अर्कोतिर बृद्ध भएका उखेडा तम्पतीलाई ओखति खाने पैसासम्म पनि नहँुदा बिरामबाट थकित रहेका छन । उनको १५ बर्षिया छोराको पढाई समेत अवरोध भएको स्थानीयले बताएका छन । उखेडा परिवार अहिले दुखै दुखमा गुज्रिन बिबस छन् । बैदेशिक रोजगारीमा गएर आफ्नो परिवार अनी भबिष्यलाई सुनौलो बनाउला भनी परिवार सहित भारत छिरेका उखेडा परिवार अहिले राहत र उद्धारका लागि मदत मागिरहेका छन ।

No description available.
करिव २० बर्ष पहिले छोराछोरी श्रीमती समेत भारत गएको उनको परिवार यतिबेला गाउँमा गाँस र बासको खोजीमा रहेका छन । बडिमालिका नगरपालिका वडा नम्बर ४बस्ने सौरे उखेडा हाल दिल्लीको हरिणा भन्ने ठाउँबाट जन्मथलो आएर तड्पीरहेका छन । दुई हप्तादेखी खुला आकास र भोको पेटमा जीवन चलाईरहेका छन । २० बर्षको अन्तरालमा आफ्नै जन्मभुमि आएका उखेडको खरले छाएको छानो उजाडीएको छ भने खाने कुरा समेत केही नभएको उनको दुखेसो रहेको छ । सौरेको उमेर ७८ बर्ष भयो उनकी श्रीमतीे उमेर ७२ बर्षकी भईन तर उनको नेपाली नागरिकता समेत छैन । पारिवारिक अबस्था कमजोर भएको हुँदा सदरमुकाम पुगेर नागरिकता बनाउन समेत नसकेको सौरे उखेडाले बताए । अहिलेसम्म खुट्टा मा रड हालेकै छ तर रड निकाल्ने समय भईसकेको भए पनि आर्थिक श्रोत नुहुदा भाँचिएको बेला हाले रड समेत निकाल्न पाएका छैनन । उनले सहयाेगकाे लागि अपिल गरेका छन ।

चर्चामा

सम्बन्धित समाचार