• होमपेज
  • अन्तर्राष्ट्रिय
  • अमेरिकामा दुई वर्षीय छोराले गोली चलाउँदा बाबुको मृत्यु

अमेरिकामा दुई वर्षीय छोराले गोली चलाउँदा बाबुको मृत्यु

  • बुधबार, जेष्ठ २५, २०७९
अमेरिकामा दुई वर्षीय छोराले गोली चलाउँदा बाबुको मृत्यु

एजेन्सी — अमेरिकामा एक दुई वर्षीय बालकले चलाएको गोली लागेर बाबुको मृत्यु भएको छ। अभिभावकले गोली राखेर छाडेको बन्दुक बालकले अकस्मात् चलाउँदा बाबुको मृत्यु भएको हो।

अस्पताल पुर्‍याए लगत्तै चिकित्सकले २६ वर्षीय रेगीलाई मृत घोषणा गरेका थिए। प्रहरीले सुरुमा रेगीले आफूले आफैलाई गोली प्रहार गरेको अनुमान गरेका थिए। तर, अनुसन्धान गर्ने क्रममा उनको मृत्यु दुई वर्षीय बालकले चलाएको बन्दुकबाट मृत्यु भएको खुल्न आएको ओरेन्ज काउन्टी शेरिफ जोन मिनाले पत्रकार सम्मेलनमा जानकारी दिए।

पीडितको घरमा प्रहरी पुग्दा बच्चाकी आमा मारी आयलाले आफ्नो पति रेगी म्याब्रीलाई सीपीआर दिएकी थिइन्। गोली चल्दा पाँच महिनाकी बालिकासहित परिवारका पाँचै जना सदस्य एउटै कोठामा थिए। बालबालिकालाई बेवास्ता र लागुऔषध प्रयोगमा दुवै दम्पतीमाथि धेरै अपराधको अभियोग लागेको थियो।

चर्चामा

सम्बन्धित समाचार