शुक्रबार, पुस २६, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • कसैले त परिणाम आएपछी मात्र देख्छन!

कसैले त परिणाम आएपछी मात्र देख्छन!

  • बिहिबार, जेष्ठ १९, २०७९
कसैले त परिणाम आएपछी मात्र देख्छन!

सुरेशकुमार पान्डे — हामिले देशमा प्रतिगमनको खतराछ भन्द’कहांछ प्रतिगमन?”भन्ने मित्रलाई सम्झना छ भने “मसालको स्यालहुइया भनेर ब्यंग्य गर्ने त्यो वेलाका साथिहरू अहिले पनि हाम्रो आसपासनै हुनुहुन्छ।”दाह्रा नङ्रा भांचेर पिन्जरामा बन्द गरेको बाघ बाहिर आएर फेरी आकारमण गर्छ भन्ने बिचार आफैमा गलतहो”भनेको केही बर्षपछि पिंजडाको बाघले दाह्रा नङ्रा हालेर फेरी आकारमण गर्न पुगेको थियो।त्यो त सबैको सामुन्यनैछ त्यसबारे पटक पटक ब्याख्या गर्नु नपर्ला।
हाम्रो अनुमान सधै सांचो नहौश हामिले कामना गरौँ यसपाली फेरी प्रतिगमन नहौस् तर जनताले जस्लाई कम्युनिष्ट भनेर अंझैपनि आर्थिक नैतिक भौतिक रूपमा सहयोग गर्दै आएकाछन उनै कम्युनिष्टहरूले राजतन्त्रको फेरी पनि वकालत गर्दैछन।के बाहीर रातो देखिने भित्र भित्रै हरियो भैसकेको त छैन अब सङ्का गर्ने प्रसस्तै ठाउँछ।
कम्युनिष्ट आन्दोलनमा लागेका पुराना नेताहरूको बारमबारको अभिब्याक्तीले त्यो घेरामा पुराएकोछ।अहिले विप्लवले पनि राजतन्त्रको वकालत गर्न पुगेको समाचार आएकाछन।किरण पछी उनैका पछिल्ला पंक्तिका आर्का नेता बिप्लवले पनि राज तन्त्रको वकालत गरेकाछन।मोहन ब्यध्य र बिप्लव,ओलीको हिंदु मोह यो सबैको मुल्यांकन गर्दा देशभित्र गणतन्त्र र धर्म निरपक्षतालाई मात्रै होइन सिङ्गो सम्बिधान समेतलाई खतराछ।आखिर प्रतिगमन कसलाई भन्ने त्यसको रूझानलाई उपक्षा गर्ने र मात्र परिणाम हेर्ने वा प्रतिगमनकारी रूझानलाई बुझेर त्यो खतरा आउँनु भन्दा पहिले रोक्ने?साथिहरूले बुझ्ने कुरा यही हो।
अहिले देशभित्र कम्युनिष्ट सांच्चै भन्दा रक्षात्मक अबस्थामाछ हाम्रो देशमा मात्रै होइन विस्वमा कम्युनिष्ट आन्दोलन रक्षात्मक अबस्थामा पुगेको सत्यहो।हाम्रो देशमा त झन कम्युनिष्ट भयकै अपवादहो यहां त सांच्चै भन्दा भौतिकवादी ब्याक्ति फेलापार्न गारोछ।अहिलेको विज्ञानिक अबस्थामा पनि देशमा धर्मनिरपक्षिय ब्यबस्था पच्न सकेकोछैन।यद्मापी धर्मनिरपक्षियता भनेको त सबै धर्म जातको सम्मान गर्नुहो तरपनि त्यो पचाउँन कयौंलाई कठिन भयकोछ।
जनताले देशमा जनवादी क्रान्तिको नारा लगाए माग गरे देशभित्र बुजुर्वा गणतन्त्र आयो तर सँगै ल्यायो संघियता त्यसपछि अहिले सम्म चौध बर्ष पुरा भयर पन्द्र बर्षमा खुट्टा टेक्दा सम्म त्यो सम्बिधान संस्थागत हुनसकिराखेकोछैन।देशले पुर्णतःनिकास पाउँन हकेकोछैन।
जनताले आफ्नो इक्षा आकंक्षालाई त्यागेर राष्ट्रियता गणतन्त्र र जनजिवीकाको लागी सधैभरी शंघर्स गर्दै आएकाछन बलिदान दिएकाछन तर त्यही आन्दोलनमा घुसेका चत्तुर मौका परस्त अवसरबादीहरूले आन्दोलनलाई गनतब्य बिहिन बनाउंन कुनै कसर छाड्दैनन्।
सत्ता भत्ताको स्वार्थको लागि जनताले लगातार लडेर आफ्नो रगतको बद्लामा ल्याएको जनाधिकार रगत नसुक्दै प्रतिगामी संघारमा पुगेको हुन्छ।
अहिले पनि प्रतिगमनको लागी भित्रभित्रै तैयारी चल्दै आएको आभाष हुन्छ।आखिर यिनी यतिपुराना क्रान्तिकारी भनौदाहरूलाई देशमा राजतन्त्रको खांचो किन पय्रो?यही अहिले जनचासोको बिषयहो।हिंजो ति ठुला ठुला शंघर्ष गरेर हजारौं ब्याक्तिहरूलाई मराएर अहिले पुरानै ब्यबस्था किन ल्याउँने कुरागर्छन?यसबारेमा गम्भिरभयर छलफल चलाउँनुपर्छ।एकातिर देशका जनताले नौलोजनवादी क्रान्तिको माग गर्छन त्यसैको आधार तैयार पार्दैछन आर्को तिर क्रान्तिकारी नेता भनौदाहरूले राजतन्त्रको वकालत गर्छन?यही गम्भिर बिषयहो।देशलाई सम्मानजनक अगाडी बढाउँन नसक्नु र बिदेशीको लगातार देशमा दवाब सिर्जना हुनु,पक्ष बिपक्ष बिचमा तालमेल नहुंनु लगायतका कयौं कारणले गर्दा यि नेताहरू हतास भयकाछन वा देशि वा बिदेशी शक्तिको दवामा आएकाछन भित्रको रहस्य केहो?त्यो यिनैनेताहरूले दिनसक्छन।हाम्रा नेता सरकारमा जांदा बित्तिको आफ्नो थुतुनो घुमाउँन कत्तिपनी ढिला गर्दैनन्।बिपक्षमा छंदा सुरङ खन्ने योजना बनाएकाहरू सरकारभित्र पुगेपछि उनैको भाषा बोल्छन।पछिल्ला दिनहरूमा बाबुराम भट्टराईले आफ्नो सरकार छंदा एदि बिप्पा पारित नभय देश “मर्ज”हुनसक्छ भनेर जनतामा डर देखाएका थिए।
ओलिको दुइ तिहाईको सरकार समेत चुच्चे नक्सा र एमसीसीको भेट चढेकैहो यस्ता कयौं उधारणहरू हाम्रो बिचमा छन।बिस्तारै नेताहरूलाई यात साम्राज्यावादी शक्तिले धम्काएकोछ वा उनिहरूलाई आफु तिर तानेकोछ।
राजतन्त्र फालेर देशमा गणतन्त्र आएपछि लगातार आफुलाई कम्युनिष्क क्रान्तिकारी भन्नेहरूले राजतन्त्रको वकालत गर्दै आएकाछन हिंदु धर्मको वकालत गर्दै आएकाछन भने आर्को शक्तिले त्यो प्रतिगामी रूझानलाई अनदेखा गर्दैछ आखिर किन?देशभित्र जनताले साढे सात दशक सम्म लडेर ल्याएको सम्बिधान फेरि जनताको हातबाट खोस्सिन वेरछैन।यिनै लाल गद्धारहरूले गर्दा आज हाम्रो देशको टाट पल्टिंदैछ।देशभित्र अहिलेको स्थानिय निर्वाचनले पनि साबित गरेकोछ जनताहरू राजतन्त्र चाहांदैनन् तर छदमभेसिहरूलाई चिन्न कठिन हुन्छ।
हिंजो एमालेलाई जनताले जिताएर सरकारमा पुरायो एमाओवादीलाई सरकारमा पुरायो।आफ्नो सरकार हुँदा उनिहरू कसैलेपनि जनताको अधिकारको बिषय राष्ट्रियताको बिषय उठाउँदैनन् जनताले उठाएको मुद्धा समेतलाई अन्देखी गर्छन।अहिले एमाले भित्रका एकजना इमानदार मानिने नेता भिमरावलले पनि पार्टी बाट राजिनामा दइएकाछन।
देशको राजनीति अत्यान्तै खराब भयकोछ दुषित भयकोछ पुजिसनमा एउटा कुरा गर्छन जब उनै बिपक्षमा आउँछन राष्ट्रियताको गफ सुनाउँन थाल्छन यि सबैखाले शडेन्त्रकारीहरू बाट पनि देशलाई खतरा रहिरहन्छ यिनिहरूलाई सत्ता र भत्ता मानसम्मान पदप्रतिष्ठा भए न देश चाहिन्छ न देशका नागरीक।
भोलीका दिनहरूमा देशलाई प्रतिगामी तत्वको हातमा थमाएर उसैको आदेशको पालना गर्ने एउटा पद दिए यिनिहरूलाई पुग्नेछ।
अन्याथा जनताहरूले देशमा आउने खतराबाट सचेत र संगठित भयर रहनु अहिलेको आबस्याकता हो।

चर्चामा

सम्बन्धित समाचार