शुक्रबार, अशोज ११, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • चर्चित पञ्जाबी गायक सिद्धू मुसेवालाको गोली हानी हत्या

चर्चित पञ्जाबी गायक सिद्धू मुसेवालाको गोली हानी हत्या

  • मङ्लबार, जेष्ठ १७, २०७९
चर्चित पञ्जाबी गायक सिद्धू मुसेवालाको गोली हानी हत्या

काठमाडौं — भारतीय गायक सिद्धू मुसेवालाको पञ्जाबमा गोली हानी हत्या गरिएको छ । २८ वर्षीय सिद्धूको आइतबार साँझ पञ्जाबको मनसा जिल्लास्थित जवाहरेक गाउँमा एएन-९४ रुसी एसल्ट राइफल प्रहार गरी हत्या भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

वास्तविक नाम शुभदीप सिंह सिद्धू भए पनि उनी सिद्धू मुसेवाला नामले परिचित थिए । उनको शरीरमा ३० राउन्ड गोली प्रहार भएको बताइएको छ । गोली प्रहारबाट घाइते उनलाई अस्पताल लैजाने क्रममा निधन भएको प्रहरीले जनाएको छ ।

गत डिसेम्बरमा राजनीति थालेका सिद्धूले मानसा निर्वाचन क्षेत्रबाट विधानसभामा कांग्रेस आईबाट चुनाव लडेका थिए । तर उनी आम आदमी पार्टीका उम्मेदवारसँग पराजित भए ।

उनी पञ्जाबी गायन क्षेत्रका चर्चित गायक हुन् । ‘सड्डा चलता है धक्का’, ‘डँलरा वाङ्गु नी नाम साड्डा चलदा है’ उनका हिट गीत हुन् । भारतीय सञ्चारमाध्यमका अनुसार हत्याको जिम्मा लरेन्स बिस्नोइ ग्याङको कन्नडामा रहेको ग्याङस्टर लक्की अर्थात् गोल्डी बराडले लिएका छन् । प्रहरीले घटनाको छानबिन गरिरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार