सुरेशकुमार पान्डे — आज जेष्ठ१५ यानि की पन्द्रौं जन गणतन्त्र दिवस।
२०६२/६३को ऐतिहाशीक उन्नाइस दिने जन आन्दोलनको परिणाम सम्बिधान सभाको पहिलो बैठक जेष्ठको १५गते २०६५ले नेपाललाई संघिय लोकतान्त्रिक गणतन्त्र घोषित गरेको थियो जो अहिले चौध बर्ष पुराभयो।
देशमा २३८बर्ष लामू शाह बन्शिय राजको परमपरालाई अनत्य गरेको घोषणा भयो।यही दिनलाई नेपाली जनताले गणतन्त्र दिवसको रूपमा मनाउँछौँ।
अन्तरिम सम्बिधानको जगमा टेकेर दोस्रो सम्बिधान सभा द्वारा पारि २०७२मा पारित नेपालको सातौं सम्बिधान लाई बिगतको इतिहाश अध्यायन गर्दा यो सबैभन्दा जनपक्षिय सम्बिधान भन्न सकिन्छ।यध्यापी सबै जनताको समस्याहरूलाई समेटन सकेकोछैन।सम्बिधानमा संघियतालाई घुसाएर देशलाई जटिल अबस्थामा पुराएकोछ।
यसका साथै देशमा पहिलो पटक धर्म निरपक्षता र गणतन्त्र पनि ऐतिहाशिक रूपमा जनताको पक्षमा छन।हामिले देशमा साडे छ दसक लामू जनताको बलिदानी पुर्ण आन्दोलनको यो महत्वपुर्ण उपलब्दि ठान्दछौँ।सम्बिधानमा रहेका तमाम कमि कम्जोरीहरूलाई सच्चाएर देशलाई अग्रगामी बाटोमा डोराउँन पर्छ भन्ने हामिलाई लाग्छ।बुजुर्वा ब्यबस्थामा जनताका समस्यहरू पुर्णरूपमा समाधान हुन सक्दैन यसको विक्लपमा देशमा नौलोजनवादी क्रान्ति हुन पर्छ नौलो जनवादी क्रान्ति पनि मूलत पुंजिवादी ब्यबस्थानैहो तर पनि सर्वहारा बर्गको नेतृत्वमा र मेहंनतकस बर्गको अधिनायकत्वमा राज्य ब्यबस्था हुने भयकोले जनताहरूले बर्तमान ब्यबस्था भन्दा त्यो वेला राम्रो हक हितको ज्ञारन्टी हुनसक्छ भन्ने कुरा चीनको इतिहाशलाई अध्यायन गरेपनि बुझ्न सकिन्छ।
हामिले देशको शाह बंशलाई फ्यांक्न २३८बर्ष लाग्यो यो द्वौरानमा कतिजनाको मृत्यु भयहोला कथि तानाशाही ब्यबस्थाको बलिचढे होलान त्यो अहिले अनुमान मात्र लगाउँने कुराहो।
राणा र राजाहरूले देशको श्रिसम्पती र जनताहरूको भिविस्य सँग खेलवाड गरेका थिए।कयौं राजाहरू देशभक्तपनि थिए कयौं ऐयास पनि थिए।उनिहरूको राज्य ब्यबस्थामा जनता दाश सरहनै थिए।
कुनैपनि देशका नागरिकलाई रैती र दाश गुलाम बनाउँने तानाशाही ब्यबस्था बिकाशमुख हुन सक्दैन त्यो कुरा अहिले पनि प्रष्टछ।
देश अहिले पनि परनिर्भरछ जनता गरिबछन त्यो देशभित्र साधन श्रोत नभयर होइन बरू बिकास गर्ने नियत नभयपछि देशको यो गती भयो।त्यसैले गर्दा २००७सालको घटना घट्यो त्यो वेलामा जनताले राणाहरूलाई पाखा लगाएका थिए तर जन आन्दोलनभित्र कै शक्ति राजाले त्यसलाई आफ्नो पोल्टामा पारे।त्यो आन्दोलन त्यत्तिकै सफल भयको थिएन सैकडौं देशभक्त र प्रजातन्त्र प्रेमिको बलिदान बाट आएको थियो।
जनताले जति वेला आन्दोलन गर्छन त्यती वेला जन अधिकार दिएजस्तो गरेर खोस्दै गए २०१५मा दिएको बहुदलिय स्वतन्त्रता २०१७मा खोसे राजाहरूले देशमा उद्धोग धन्दा ठप पारेर बिदेशीको एउटा मण्डि जस्तै भनाएर राज गर्दै आएका हुन।२०३६सालको बिध्यार्थिहरूको बिद्रोहलाई पनि माछोमाछो भेगुतो पारे।अनि अति भयपछी खती हुन्छ भने जस्तै राजाको दमन बाट उकुसमुकुस भयका जनताहरूले देशमा ठुलो जन आन्दोलन गरेपछि देशभित्रको राजतन्त्रले घुंडा टेक्यो।कसैले पनि आफ्नो स्वर्ग गुमाउँन चाहान्न त्यो वेलामा पनि सम्बिधान सभाको आन्दोलनकारी दलहरू गरेको उपक्षा र सम्बिधान सुधार आयोगले दिएको घुमाई फिराई राजालाई अधिकारले गर्दा देशमा ठुलो जनधनको नोक्सान भयो सत्रहजार होनहार नागरिकहरू मारिए अनि देशको राज्य ब्यबस्था अत्यान्तै तरल हुन पुग्यो र जनताहरूले राजतन्त्रलाई फाल्न कम्मर कसेको उन्नाइस दिन भित्रमा राजतन्त्रले घुंडा टेक्यो।२०६३पुषको १गते आठौटा राजनीति पार्टीहरूले हश्ताक्षेर गरेको सम्बिधान मस्यौदा२०६३माघ१ गते पारित भयको अन्तरिम सम्बिधानलाई प्रतिस्थापित पछि २०६५जेष्ठको पन्द्र गते जन गणतान्तिक ब्यबस्था घोषणा भयो।२०७२साल दोस्रो सम्बिधान सभाको निर्वाचनले देशमा ऐतिहाशिक फैसला गय्रो।त्यो वेला ६०१जना मध्य ५९८सभासद मध्य५०७जना सहमतिमा २५जना असहमतिमा र६६जनाले सम्बिधान सभाको निर्णायक बहसलाई अस्विकार गरेका थिए।यानि कि ९०%सभासदहरूले पारित गरेको देशको सम्बिधानमा कयौं कमि कम्जोरी त अबस्यपनिछन तरपनि बिगतका छवटा सम्बिधान भन्दा अग्रगामि सम्बिधनछ।अहिले यो सम्बिधान बाट प्राप्त अधिकार गणतन्त्र र धर्म निरपक्षियता समेतलाई खतरा भयको अबस्थामा देशका गणतान्त्रिक शक्तिहरूको एकता बाटनै प्रतिगामी शक्तिलाई पराष्त गर्न सकान्छ।साथै देशमा संघियता जस्तो महंगो ब्यबस्थालाई खारेज गरेर देशको बिकास गर्नुपर्छ भन्ने समस्त देशको मागहो।गणतन्त्र दिवसलाई मनाएर मात्र अबस्था समाधान हुनेछैन यसलाई देशको हितमा प्रयोग र परिमार्जित गर्दै जनताका समस्यहरूलाई सम्बोधन गर्ने सरकारको ब्यबहार हुनुपर्छ।अहिले जनतालाई देशमा जनगणतन्त्र आएकैछ भन्ने आभाष हुन सकेकोछैन।वास्तविक रूपमा अहिलेपनि युवाशक्ति बिदेशको गल्लि कोठी र होटेल मा काम खोज्न धाउँनुपरेकोछ।अरबका खाडीहरूमा भेडा उंट चराउँने जस्ता तुच्छ काम गर्न बाध्य भयकाछन त्यसकारण अहिलेपनि गणतन्त्रको आभास नागरिकलाई हुन सकेको अबस्था त छैन तर पनि सम्बिधानले दिएको अधिकारलाई जोगाउँने र जनवादी क्रान्तिको पनि आधार तैयार पार्ने अहिलेको आबस्याकताहो।