सुरेशकुमार पान्डे — आखिर किन धुमिल हुंदै गएकोछ हाम्रो सांस्कृती र यसको दोशि को हो?कुनैपनि देशको पहिचान भनेको त्यो देशको सांस्कृति भाषा भेशभुसा आदी हुन तर नेपालमा अहिले आफ्नै पहिचान लोप हुंदै गएको अबस्थाछ।आखिर यस्तो किन भएकोछ त यसको मुख्य दोशि कोहो?त्यसबारेमा हामिले बिस्रित रूपमा छानबिन गर्नेहो भने आफ्नै देशको सरकारनै दोशिहो भनेर भन्ने थुप्रै आधारहरू छन।
धेरैले बिदेशीलाई दोश दिएर आफु पानीमाथिको ओवानो बन्ने कोसिस गर्छौँ तर त्यो भन्दा वास्तबिकता भिन्दैछ।
आखिर सरकारनै दोशिछ भनेर मैले कुन आधारमा भनेकोछुँ त्यसबारे सटिकमा छलफल गर्नुपर्ने हुन्छ।देशमा अहिले सम्म युवाहरूलाई रोजगारको कुनैपनि ब्यबस्था छैन पढेलेखेका युवाहरूलाई रोजगारको सट्टा बिदेश जान राहदानीको ब्यबस्था गरिन्छ।नेपालका युवाहरू बिभिन्न देशमा पुगेर फर्किंदा उनिहरूले जुन देशमा आफ्नो कार्यक्षेत्र बनाए त्यो ठाउँको रहनसहन उनिहरूले आफ्नो साथ लिएर आएका हुन्छन।अनि आर्को सरकारले बिभिन्न देश सँग सन्धि र सम्झौता गरेर उनिहरूलाई देशमा भित्राएका हुन्छन उनिहरूले आफ्नो रहन सहनलाई लिएर आएकाछन त्यसको सिको हाम्रा देशका जनताले गर्छन।यो परिस्थितीले गर्दा हाम्रो देशको सांस्कृती धुमिल हुंदै गयकोछ।
अहिले सम्म खास खरेर भारत नेपालको मैत्रिसन्धि पछि भारतियहरू नेपाल आउंने र नेपालीहरू भारत जाने एकप्रकारको होडनै भयो।शान्ती तथा मैत्री सन्धिको तहत सिमाना खुल्ला भयकोले पनि एउटै देश जस्तो दुबै देशका जनता आगमन गर्ने ब्यबहारले गर्दा एक आर्को देशमा रहनसहन भेषभुशा र सांस्कृती परमपरामा पनि घालमेल हुंदै गयो।तर भारतमा हामि गएर भारतका आसाम,मणिपुर,मेघालय,मणिपुर,त्रिपुरा र दार्जिलिंग तिर नेपाली भाषा बोल्ने गरेपनी अन्य राज्यहरूमा नेपाली बुझ्दैनन् यद्मापी भारत सरकारले दार्जलिंग लगायतका राज्यहरूले नेपाली भाषा बोल्न पाउँने अधिकारको माग गरेकाले भारत सरकारले गोर्खालैण्डको लामू शंघर्षश पछि नेपाली भाषालाई सम्बिधानको आठौं सुचिमा सामिल गरेकोछ।अहिले नेपाली भाषा भारतको अन्या भाषा जस्तै राष्ट्रिय भाषाकको सुचीमा सामिल भयपनि त्यो सबै राज्यहरूले बुझ्दैनन्।तरनेपालमा भारतिय भाषालाई मान्यता नभयपनि देशभरीनै बोल्ने र बुझ्ने गर्छन यस्तो हुनुको पछाडी लगभग सातै प्रदेशका नेपालीहरू भारलाई कार्यक्षेत्र बनाएरनै यस्तो हुनपुग्यो।आर्को कुरा भारत नेपालको शान्ती तथा मैत्री सन्धिको तहत आएका भारतियहरूले देशमा दोकान बिज्निस वा कुनै ब्यबसाय गरेकाछन उनिहरूले आफ्नो भाषामा बोल्छन स्वायम नेपालीहरू आफ्नै सहर बजारमा उनिहरू सँग हिन्दीमा ब्रातलाब गर्नुपर्छ।मानि देउं एउटा तरकारीको पसल थापेको ब्याक्ती सँग हामीले कागती किन्नु पर्यो भने उस्लाई “निम्बु देदो”भन्नुपर्छ।हामी आफ्नै बजारमा पनि हिंदीमा ब्रातलाब गर्न बिध्य भयकाछौँ।रहन सहनपनि उनैको अनुसार प्रयोग गर्छौं।
देशभित्र चलचित्रहरू धेरैजसो हिंदी नकेल गरिएका हुन्छन।
टिवी,युटुवमा हिंदीमा बाल बालिकाहरूले हेर्ने कार्टुनहरू पनि ब्यापक रूपमा छन स-सान बालखहरूले हिंदीमा कार्टुनहरू हेर्दछन।युवाहरूले हिंदी गित फिलम वा पोप गित रूचाउँछन।आर्को देशमा जातिय छुवाछुत जातिय आधारमा दलित जातिहरूमाथीको भेदभावको कारण थुप्रै दलितहरूले धर्म परिवर्तन गरेर इसाई धर्मलाई अप्नाएकाले पनि उनिहरूलाई हाम्रो देशमा पसेर आफ्नो धर्म र सांस्कृतीको पर्चारप्रसार गर्ने बाटो खुलेकोछ।
यो अबस्थामा हाम्रो देशको भाषा र भेष भुशा सांस्कृतिकलाई कसरी जोगाउँन सकिन्छ?अहिले हाम्रो देश फिजी जस्तै मिनि इन्डिया हु्दैछ।सबैले छातिमा हात राखेर भनौँ यो गलती कस्कोहो?देशको सरकारले छुट दिएपछी त कोही पनि भित्रिन्छ।भारत एउटा बिशाल देशहो आर्थिक सम्पन्न र जन संख्याको हिसाब र भुगौलिक रूपले पनि ठुलो देशहो।नेपालको जंन संख्या जम्मा जम्मि तिन करोड अपुगछन भने भारतको एक अरब तिस करोड भन्दापनि बढी जनता भयको देशहो।सांच्चै भन्नेहो भने भारत भाट सबै भिखारीहरू नेपाल पस्छन भने नेपाल अल्पमतमा पर्नेछ।यति ठुलो जन संख्या भयको देश सँग बराबरको सन्धि गर्नु नै नेपालको भुलहो र त्यो बराबरको सन्धि नेपालको लागी असमान बन्दछ।
त्यसैले बिगतका बर्षहरूमा सन१९५०को असमान सन्धिलाई खारेजीको मागले ब्यापक्ता पाएको थियो।तर त्यो नारा अवसरबादीहरूले सत्तामा जानेबाटोको रूपमा प्रयोग गर्दै आएकाछन।कसैले पनि त्यो सन्धिलाई अध्यायन गरेर त्यसका दश धाराहरू मध्यको धारा आठलाई ब्यबहारमा ल्याउँन पहल गरेन।अहिलेपनि यो सन्धि एकतर्फिय भयकोछ।एकातिर सरकार भन्दा भाहिर छंदा सबैले यसलाई खारिज गर्ने माग गर्छन सरकारमा आएपछी उनैले त्यो कुरा बिर्सिन्छन।जस्तै कालापानी लिपुलेख र लिम्पियाधुर लगायत कयौँ ठाउमा भायको अतिक्रमण भारतिय पक्षबाट जस्ताको तस्तैछ।
नेपाली जनता लडाकु छन त्यागीछन तर नेता बिदेशका शाशकहरूको अटपुत्लि जस्तै भैदिन्छन।त्यसकारणले पनि नेपाली भुभागलाई फिर्ता ल्याउँन हिम्मत भैन।हामिले भुंईको टिप्न खोज्दा खोल्टी बाट खस्ने गरेकोछ।अहिले देशमा देशका जनताले सम्बिधान सभा द्वारा सम्बिधान निरमाण गरेकाछन तरपनि बिदेशीकै दवामा आएको संघियताले अहिले सम्म देशले सहि निकास पाउँन सकेकोछैन।
हाम्रो देश एसियाका दुई शक्तिशाली देशको चपेटमाछ थोरैपनि वैलेन्श बिग्रियो भने देशनै नरहने खतरा आई लाग्छ।तर जुन योजना बाट देश सम्वेदनसिल अबस्थामा पुग्छ भन्ने थाहा हुन्छ त्यही कार्य गरिरहेकाहुन्छन।बिगत एमसीसीलाई पारित गराएर नेताहरूले साम्राज्यवादलाई देशभित्राएकाछन त्यसको रङ्ग आउँने दिनहरूमा बिस्तारै देखा पर्नेछ।एउटा तटस्त परराष्ट्रनिती आपनाउँदै आएको देशलाई यो खतरा मोल लिनु धेरै महंगो पर्नेछ।वास्तबमा सरकारको गलत नीतिको परिणाम देशभित्रै आम्रो सांस्कृतिलाई खतरा भयकोछ।अहिले देशमा हाम्रो सांस्कृती पराय लोप हुँदै गयको आभाष हुन्छ।