सुरेशकुमार पान्डे — पहिले पहिलेका बुढा बाजेहरू भन्नु हुन्थ्यो राजनीति हामी जस्ता गरिबले गर्ने काम होइन यो त ठुला बढा धनि राज महाराजाहरूले पो गर्नुपर्छ।हामी गरिब किसानहरूले त मात्र काम गर्नुपर्छ।”
त्यो भनाई कहिले कसो एक्लै भयको वेलामा अक्सर मैलेपनि सोंचेको हुन्छु आखिर त्यो उनिहरूले किन भनेकाहोलान यद्मापी एउटा बच्चा नरूँदा सम्म उस्लाई भोक लागेको होला भनेर आफ्नै आमालेपनि दुद दिंदैनन्।राजनीति भनेको त त्यो नवजात शिशुले पनि गरेकैछ नगरि हुंदैन त्यो मात्र होइन आमाको पेट भित्रपनि त बालखले राजनीति गरिरहेकै त हुन्छ त्यसो भन्दा सबैले पताउँदैनन।त्यो त आआफ्नै बिचारहो तर यथार्थमा भन्नुपर्दा ति बुढा पाकाहरूले भनेका कुरालाई पनि अनदेखी गर्नु हुँदैन।आखिर उनिहरूले त्यो भन्नुको तातपर्य केछ भनेर पनि कहिले कसो मन्थन गर्नुपर्छ।
हुन त अहिलेको निर्वाचनमा कयौं स्वतन्त्र उमिदवारले पनि जित हासिल गरेकाछन तर अहिलेको पुँजिवादी ब्यबस्था अन्तरगतको निर्वाचनलाई जिताउँन सितिमिती हुंदैन मानिसहरू सबैको मनमा निजी स्वार्थ भरिएकोछ।त्यसकारणले उनिहरूले आफ्नो तत्कालिन फाइदा कसरि हुन्छ त्यसलाई मात्र ध्यान दिन्छन देशको अबस्था जनताको परिस्थिती त्यो सँग उनिहरू कसैको सरोकार हुंदैन भनेपनि खासै फरक नपर्ला।अहिलेका नेता मात्रै होइन जनता पनि स्वार्थिछन लोभीछन त्यसैको फाइदा अवसरबादी शक्तिले उठाउँछ।मानिसले साराजिवन जनता र देशको लागी शंघर्ष गर्दै आएपनि उसलाई भोट मिल्दैन तर जनतालाई शोषण गर्दै आएको शोशकलाई जनताले खुसी भयर मतदान गर्छन किन?भने उसले खर्च गर्न सक्छ भात मासु ख्वान सक्छ रकसी पिलाउन सक्छ।
नेताहरूले जनतालाई त्यत्तिकै भेंडा सम्झिनन् उनिहरूको ब्यबहार देखेर भन्छन।अहिलेको पुँजिवादी गणतन्त्रमा सबै बिषय बस्तु नीजि स्वार्थमा आएर टुंगो लाग्छ।हाम्रो देशमा बिकासको मुद्धालाई लिएर चुनाव हुंदैन बरू एउटा राजनीतिक पार्टीले आर्काको बिरोध गरेर आलोचना गरेर वा गालि गरेर चुनावी प्रतिसप्रदा गर्छन।बिकासका मुद्धा त सबै ओझेल भयका हुन्छन।यहांका चनतालाई चमत्कारी दन्तेकथा सुनाएपुग्छ।
कुनै राजनेताले राजनीतिलाई पेसा बिजनिस बनाएकाछन उनिहरूले जनतालाई चुस्न झोला बोकेका हुन्छन।हामि जस्तै गरिब मजदुर बिदेश खास गरेर भारतलाई आफ्नो क्रमथलो बनाएका नेपालीहरूको बिचमा गयर झुठमुठको एउटा दुःख देखाउँनुस उनिहरूको आंखाबाट आसु आउँछ र आफ्नो बच्चाको पेट काटेर त्यो मजदुरले आर्थिक सहयोग गर्छ तर त्यही आर्थिकमा थुप्रै डांकाले मोज मस्तिपनि गर्छन।हिंजोका दिनहरूमा देशमा पुल बनाउँछौ मन्दिर र धर्मशाला बनाउँछौँ भनेर माग्नेहरूले आफ्ना कोठी बनाएकाछन।उनिहरूले त्यो गरिब मजदुरको अगाडी हातफैलाएर आफ्नो जिविकाआर्जन गर्यो।उनैहरूले देशको सिखर समाए।राजनीतिक होइन ठगनीति गर्नेले मात्र चुनाव चित्न सकिन्छ इमानदार देशभक्तहरूले सजिलरी चुनाव जित्न सकिदैन।मैले यो भन्दा अहिले जितेका सबै भ्रष्ट हुन भनेर पनि बुझ्नु हुंदैन कतिपय यिमानदार जनताका प्रतिनिधीहरूले पनि चुनाव लडेर जितेकाछन त्यो उनिहरूको निरन्तर शंघर्षको परिणामनै हुनसक्छ।जनताको दुःख सुखमा भागलिएका र उनिहरूको बिचमा निरन्तर खटिएका ब्याक्ति मध्यका हुँनसक्छन।अहिलेको राजनीति एउटा प्रतिसोधको चौघेरामा थिचो थिचो पारेको ब्याक्तिले आफ्नो तन मन र धन लगाएर साम दण्ड भेदको झांतोमा पिसेको हुन्छ।
एउटा देशभक्तले देशको मुद्धामा लडे र चुनाव जित्न सकिदैन।तर पनि राजनीति नगरिनहुंने चिज भयकोछ।खास गरेर गरिब बर्ग र धनिबर्गको बिचमा हुने प्रतिसप्रदा अहिलेको मुख्य राजनीतिक मसला हुनुपर्नेहो तर अहिलेको अबस्था भिन्दैछ।अहिले त सरोबरछ
पुराना बुढाहरूले भनेको जस्तो राजनीतिको स्वरूप भयपनि उनिहरूले भन्न खोजेको बिषय के रहिछ भनेर बुझ्नु पर्ने आबस्याकता भनेछ।उनिहरूले त्यो वेला पनि खास गरेर सामन्तवादी युगमा मालिकहरूको रजाई हुने भयकोले गरिब सँग त्यसको बिरोध गर्न सक्ने क्षामता वा उनिहरूको मुकाविला गर्न सक्ने क्षामता नभयर त्यो भनेका थिए होलान!वा गरिबहरूले जितेपनि सत्तामा टिक्न नसकेर भनेका पनि हुनसक्छन।
जस्तो कि फ्रान्सको राजधानी पेरिसमा त्यहांका गरिब जनताले शाशक बर्गहरू सँग दुखी भयर त्यँहाको सत्ता उनिहरू बाट खोसेर आफ्नो हातमा ल्याएका थिए तर त्यो सत्ता पुन ७२दिन नपुग्दै शाशक बर्गले खोसेका थिए।त्यो ब्यबहारले विस्वमा ठुलो भ्रमपनि सिर्जना भएको थियो।त्यो वेला पुँजिपतीहरूले संसारमा यो भर्म गर्नेगर्थे कि राजनीति गर्न गरिब श्रमजिवीहरूको बसको कुरा होइन।उनिहरूले गरिब श्रमजिवी बर्गका हात बाट निर्मम दमन र गरेर कत्लेआम गरेर सत्ता खोसेका थिए।
तर विस्वमा गरिबहरूले सत्ता टिकाउँन सक्दैन भन्ने भ्रम जबमात्र हट्यो जब रूसमा महान अक्टुवर क्रान्ति सम्पन्न भयो।त्यसपछि विस्वका श्रमजीवी बर्गहरूको मानसिक रूपमा त्यो भ्रम हट्दै गयो र चीन भियतनाम लगायतका थुप्रै देशहरूमा त्यो समाजवादी क्रान्तिको प्रभाव परेर त्यहांका जनताले बर्गशंघर्षको थालनी गरे।
वास्तबिक रूपमा पुंजिवादी ब्यबस्था भित्र रहेर बुजुर्वा सम्रचनालाई टिकाउँन र जनतालाई भ्रम दिएर उनिहरूको शोषण गर्न यो ब्यबस्था लाभदायक हुनेगर्छ।पुंजिवादको सबैभन्दा लोकतान्त्रिक बिधी भनेको निर्वाचन प्रणालिहो तर यो धान्दलि र बुथकेप्चरिङ्ग गर्ने जसको लाठी उसैको भैंसी भनेको जस्तै यो निर्वाचन प्रकृया भयकोछ।चुनाव जित्नको लागी थुप्रै भर्म सिर्जना गर्छन जनतालाई लडाउँछन र झुठा आस्वासन दिन्छन त्यसको लागी धन पनि प्रसस्तै चाहिन्छ।त्यो गरिब सर्वहारा बर्ग सँग हुनेकुरा पनि भयन त्यसैले गरिबहरू इमानदार देशभक्त हुंदा हुँदैपनि चुनाव जित्न सक्दैनन्।कहिले कांही उमिदवार बनेर उभ्भिनुनै जित भयको महेसुस् गरिन्छ किन भने चुनावमा उठ्नै पनि घरेलु रसामाजिक रूपमा ठुलो शंघर्षश गर्नुपर्ने हुन्छ।आजको अबस्थामा इमिन्दार मानिसहरूले चुनाव जित्न गारो हुने र जितेर पनि खासै जनतालाई सुबिधा दिन नसक्ने हुनालेनै यो ब्यबस्थालाई खारेज गरेर मात्र गरिबहरूको मुक्ति सम्बभ हुन्छ।त्यसैको लागी अथवा क्रान्तिको लागी आधार तैयार पार्नको लागी क्रान्तिकारीहरूले चुनावलाई आबस्याकता अनुसार उपयोग वा बहिस्कार गर्नेगर्छन।चुनावलाई कार्यनीतिको रूपमा स्विकार गरेर आफ्नो राजनीतिक लाईनलाई प्रष्ट पार्दछन।अहिले चुनाव हारें भनेर निरास हुने वा चुनावजिते भनेर हर्सोउल्लास गर्ने भोजभतेर गर्ने प्रकृया पनि सही होइन।गरिब श्रमजिवीहरूको विजय त्यो वेला आउँनेछ जब यो बुजुर्वा ब्यबस्थाको अनत्य भयर नौलो जनवादी ब्यबस्था लागुहुन्छ त्यो वेला गरिब श्रमजिवी सुकुमवासी कर्मचारी महिंला र दलितहरू समेतलाई समान अधिकारको ब्यबस्था हुन सक्छ।तर त्यो पनि मुलतः पुंजिवादी ब्यबस्था भयकोले नौलो जनवादमा टेकेर समाजवाद र साम्यवादको लागी शंघर्षश गर्नुपर्नेछ।
असलमा राजनीति नगरिनहुंने बर्ग भनेको विस्वका श्रमजिवीरू हुन तर अहिले उनैले राजनीति बाट टाडा जाने प्रयात्न गर्छन वा राजनीतिमा आउँन सकि राखेका हुंदैनन्।