शुक्रबार, अशोज ११, २०८१
  • होमपेज
  • देश
  • पल शाहको मुद्दाको सुनुवाइ आज पनि स्थगित

पल शाहको मुद्दाको सुनुवाइ आज पनि स्थगित

  • बिहिबार, जेष्ठ १२, २०७९
पल शाहको मुद्दाको सुनुवाइ आज पनि स्थगित

काठमाडौं — नाबालिकामाथि जबर्जस्ती करणीको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका अभिनेता पल शाहको मुद्दाको सुनुवाइ बिहीबार पनि स्थगित भएको छ ।

उच्च अदालत पोखरामा आज हुने भनिएको सुनुवाइ शाहकै वकिलले हटाएको अदालत स्रोतले जनाएको छ । शाहको मुद्दाको सुनुवाइ आगामी बिहीबार हुने जनाइएको छ ।

नाबालिका बलात्कारको अभियोगमा शाहलाई तनहुँ र नवलपुर जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । उक्त आदेशविरुद्ध शाहले उच्च अदालत पोखरामा निवेदन दिएका थिए ।

चर्चामा

सम्बन्धित समाचार